बुङगल नगर सरकारले जनतासँग सार्वजनिक रुपमा माफी माग्नु पर्छ ः अनेरास्ववियूका केन्द्रीय संयोजक महर

बझाङ । अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले चाडपर्वले समुदायमा सामाजिक सदभाव र एकता कायम गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बुंगल नगरपालिका ५ नं वडा संगठन कमिटिले आयोजना गरेको विजया दशमी, शुभदिपावली पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महरले यस्तो बताउनुभयो

बुगल नगरपालिकाको त्रिवेणी आर्दश बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा संयोजक महरले नेपाल एक बहुभाषी, बहुधार्मिक, बहुसंस्कृतिको साँझा चौतारी भएकाले विभिन्न चाडपर्वहरुले समुदायमा धार्मिक सह अस्तित्व, सदभाव र भाईचाराको सम्बन्ध कायम राखेकाले संस्कृतिको संरक्षणका लागी नयाँ पुस्ताले विशेष भूमिका खेल्नुपर्ने बताउनु भयो । पछिल्लो समयमा चाडपर्वको नाममा भड्किलो खर्च हुने गरेको भन्दै आफुसंग जे छ त्यसैमा रमाउन सिक्नु पर्नेमा जोड दिनुभयो ।

संयोजक महरले बुगल नगरपालिकाको स्थानिय सरकारले जनतालाई गुम्राहमा राखेको बताउनु भयो । नगरपालिका हुन लागी आवश्यक सामान्य मापदण्ड नभई घोषणा गरेको नगरपालिकामा स्थानीय सरकार निर्वाचित भएको तीन बर्ष पुग्न लाग्दा पनि नगर सरकार जनताका मागप्रति उत्तरदायी नभएको जिकिर गर्नुभयो । नगरपालिका भएर पनि अझैसम्म नगरपालिकाको केन्द्रमा विधुत र टेलिफोन सेवा प्रवाभकारी नहुनु पनि लाजमर्दो भएको भन्दै नैतिकताको आधारमा बुङगल नगर सरकारले जनतासँग सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताउनु भएको छ ।

दशैं मनाउन घर पुगेका संयोजक महर यतिखेर बझाङ जिल्लाका विभिन्न स्थानितहहरुमा गएर भेटघाट तथा जनप्रर्तिनिधि र स्थानीयहरुसंग विकास निर्माण तथा अन्य विकासिय कामहरुको छलफलमा ब्यस्त रहनु भएको छ । यसै गरि जिल्लाका विभिन्न स्थानीयतहहरुमा घरदैलो अभियान गरेर संयोजक महरले भेटघाट तथा समुदायको समस्याका बारेमा छलफल गर्नु भएको अनेरास्ववियूका जिल्ला कमिटि संयोजक प्रविन्द्र धामीले बताउनु भयो । साथै संयोजक महरको हातको टिका ग्रहण गर्दै विभिन्न ठाउँबाट नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको पनी धामीले बताउनु भयो ।