नेपाली काँग्रेस थलारा बेङ्लोर समपर्क समिति गठनः अध्यक्षमा बिष्ट

ग्रेस सिंह, बझाङ – आइतबार नेपाली काँग्रेस थलारा बेङ्लोर समपर्क समिति गठन भएको छ । नेपाली काँग्रेस थलारा गाउँ सयोजक राम ब खातिको सभापतित्वमा भारतको बेङलोरमा बस्ने थलारा गाँउपालिकाका स्थानियहरुको सहभागितामा सम्पर्क समिति गठन गरिएको हो । आइतबार गठन भएको समितिमा महेन्द्र बिष्ट गणेश थापाले जानकारी गराउनु भएको छ ।
यस्तै उपाध्यक्षमा सिह रोकाया, सचिवमा रण ब रोकाया, कोषाध्यक्ष ममता रोकाया महरा रहेका छन् भने दिनेश डेउडा, हेमन्त सिह, शैलेन्द्र धामि, दिनेश रोकाया, अजय रोकाया किरण रोकाया, सिबु बिष्ट, दिपक रोकाया, कृश रोकाया, धुर्ब भट्टराई, राम भण्डारी लगाएत गरी ३१ जना सदस्य रहका छन् ।
सो कार्यक्रममा बिदेशमा भएका नेपालीहरुका जल्दाबल्ल्दा समस्यालाई समाधान गर्ने र प्रभास र स्वदेशलाई जोड्ने पुलको भुमिका कसरी निभाउन सकिन्छ, भन्ने विषयमा छलफल भएको छ । साथै विदेशलाई कर्मभुमी बनाएर बस्नु भएका दाजुभाईका समस्या र पिडालाई सामुहिक रूपमा हल गर्ने प्रतिबद्धताका साथ अधि बढ्ने गरि समिति गठन गरिएको गणेश थापाले जानकारी दिनु भएको छ ।