बझाङमा विप्लव समुहका गतिविधी बढेः चार जना कार्यकर्ता अझै थुनामुक्त हुन सकेनन्

रमेश केसी, बझाङः सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै बझाङ जिल्लामा विप्लव समुहका गतिविधि बढ्दै गएका छन । काठमाण्डौमा प्रधानमन्त्री केपिशर्मा ओली र विप्लव समुहका नेता नेत्र विक्रम चन्द विप्लवले एकै मन्चबाट सम्बोधन गरेपछी तथा प्रकाउ परेका विप्लव समुहका नेता कार्यक्रतालाइ जेल मुक्तm गर्ने सरकार संग सहमजदारी भएपछी गतिविधी बढ्न थालेका हुन । विहिबार विप्लव समुहका जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थी जेल मुक्त भएका छन ।
विप्लव सुमह निकट विध्यार्थीहरुको जेष्ठ ४ गते हुने सम्मेलनलाइ प्रचार प्रसार गर्नको लागी शुक्रबार सदरमुकाम चैनपुरका विभिन्न ठाउँका भित्ताहरुमा विप्लव समुहका नेता कार्यक्रताहरुले ‘जातिय विभेद अन्त्य गरौ‘ , बैज्ञानिक समाजवाद जिन्दावाद , लगाएत बैज्ञानिक समाजबादी ब्यबस्थाका एकीकृत जनक्रान्ति नाराले रंगाएका छन । जो कोही भए पनी बैज्ञानिक समाजवादमा गलत प्रविर्तिको विरोद गर्दै सकरात्मक सोचको विकासमा हातेमालो गर्न विप्लव समुहनै उतम रहेको विप्लव निकट विध्यार्थी संगठनका जिल्ला अध्यक्ष कमल थापाले बताए । साथै सडकका भिताहरुमा नाराहरु लेख्दै विप्लव समुहका नेता कार्यक्रताले बैज्ञानिक समाजवादका लागी विप्लव समुहमा लाग्न आम नागरिकलाइ अनुरोध पनी गरेका छन ।
जिल्ला कारागार बझाङमा विप्लव समुहका ५ जना नेता कार्यक्रता रहेका भएपनी एक जना भने विहिबार छुटेका छन । साथै अन्य नेता कार्यक्रताहरुलाइ रिहाइ गर्न पनी सरकार संग विप्लवका नेता कार्यक्रताहरुले आग्रह गरेका छन ।