होलीको अवसरमा मानव सेवा संस्थाद्वारा समाजको बिकास छिटो हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइयो

रिदम सिंह, बझाङ: मानव सेवा संस्थाद्वारा आयोजना गरेको भेटघाट र होलि विशेष कार्यक्रममा आर्थिक संकलन तथा सरकारले युवाहरुको क्षमता विकास गरिनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । सोमबार संस्थाद्धारा आयोजित कार्यक्रममा थलारा गाउँपालिका संयोजक राम ब खातीको उपस्थिति रहेको संस्थाका संस्थापक गणेश थापाले उक्र कार्यक्रम गरिएको बताउनु भयो।
सोही कार्यक्रममा प्रमुख अतिथि रहनु भएका राम ब खातिले आफ्नो युवा शत्तिm नै देश को शत्तिm भएका कारण बिदेशमा बसेर विभिन्न सामाजिक उदारदायित्वका कार्य गरेको र यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । साथै खातीले मानव सेवा संस्थाले थप समाज सेवा गर्न थालेकोमा धन्यबाद समेत दिनु भएको थियो ।


मानव सेवा संस्थाका पदाधिकारीहरु ले थलारा गा पा वडा नं. ६ मा हुनुपर्ने विकास निर्माणका कामले तिब्रता लिन नसकोले आगामी दिनमा विकासको गती बढाउनु पर्नेभन्दै ज्ञापन पत्र बुझाएको गणेश थापाले बताउनु भयो। कार्यक्रमको अवसर पारी विभिन्न सहयोगी मनहरुले आर्थिक सहयोग पनि गर्नु भएको छ । रोजगारीको शिलशिलामा भारतमा बस्दै आएका मनोज रोकाया, दिलिप रोकाया, मिलन रोकाया, भैरब रोकाया, रण ब रोकाया, राम ब रोकाया, गोकुल रोकाया, सन्तोष रोकाया, महेश रोकाया, महेश साउद लगाएतका ब्यक्तिहरुले गरेको सहयोग प्रती संस्थाले धन्यवाद पनि ज्ञापन गरेको छ । संस्थाले प्रमुख अतिथि राम ब खाति र सामाजिक साहसिक र कर्मयोद्धा महिला सरस्वती गिरिलाई उच्च सम्मानका साथ सम्मान पत्र हस्तान्तरण गरेको संस्था का संस्थापक गणेश थापाले बताउनु भयो।