जोरको हावाहुरी चल्दा १५ लाख बराबरको क्षेती

रिदम सिंह, बझाङः खप्तड छान्ना गाउँपालीका वडा नं.७ को गोर्खाली गाउँमा हावाहुरीले गर्दा लाखौँको क्षेती भएको छ । आज दिउँसो २ बजेदेखी करीब ५ बजेसम्म ३ घण्टा लगातार चलेको हावाहुरीका कारण लाखौको क्षती प्ुगेको हो । गत बर्ष मात्रै ३० लाखमा बनेको आलु भण्डारण गर्ने रष्टिक स्टोर भवनको छाना र छानमा प्रगोग गरीएको प्लाईबेट उडाएको छ । रष्टिक भवनको छाना उडाउँदा करीब ६ लाख बराबरको क्षती भएको स्थानीय समाजसेवी मंगल बहादुर खड्काले बताउनु भयो । गोर्खाली आल्ु उत्पादनका लागी राम्रो पकेट क्षेत्र हो । स्थानीय स्तरमा उत्पादन हुने आलु भण्डारणका लागी बनाईएको रष्टिक स्टोरमा हावाले क्षेती पु¥याएपछि स्थानीयले तत्काल छाना मर्मतका लागी स्थानीय पालीका तथा सम्बन्धीत निकायसंग अनुरोध गरेका छन् ।
यस्तै खप्तड छान्ना गाउँपालीका वडा नं. ७ मा रहेको गोर्खाली आधारभुत बिद्यालयको पोषण कार्यक्रम अन्तरगत खाजा पकाउने भान्साकोठाको कर्कट पाताले छाएको छाना उडाएको छ भने गाउँमा तरकारी उत्पादनका लागी स्थानीयले बनाएका टनेलहरु उडाएको छ । दिउँसो पख चलेको हावाहुरीले गोर्खाली गाउँका स्थानीय जिबन बोहरा, लाल बहादुर बोहरा लगायतका स्थानीयका गोठका छाना उडाएको हो । दिउँसो एक्कासी चलेको हावाहुुरीले १५ लाख बराबरको क्षती भएको स्थानीय मंगल बहादुर खड्काले बताउनु भयो ।