पत्रकार महासंघको खुला केन्द्रिय सदस्यमा कान्तिपुरकर्मी सिंहको उम्मेदवारी

बझाङ – मोफसलबाट सक्रिय पत्रकारीता गरिरहेका कान्तिपुर दैनिकका पत्रकार वसन्तप्रताप सिंहले नेपाल पत्रकार महासंघको खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन । यही चैत २५ गते हुने महासंघको निर्वाचनमा व्यवसायिक र जिम्मेवार पत्रकारीताको विकासका लागि आफु उम्मेदवार भएको सिंहले बताएका छन ।

दुर्गमका अब्बल पत्रकारको रुपमा चिनिने पत्रकार सिंह मानविय चासोका विषय, सुशासन पर्यटन र सामाजिक न्याय लगायतका सवालमा १७ वर्ष देखी निर्भिक ढंगले कलम चलाउँदै आएका छन ।वसन्तप्रताप सिंह दृढ संकल्प, इच्छाशक्ति र मेहनतका पर्याय हुन् । नेपालको पत्रकारितामा अझै पनि उपत्यका बाहिरका जिल्लालाई मोफसल दृष्टिले हेरिन्छ ।

तर उनले सुदुरपश्चिमको विकट जिल्ला बझाङमा बसेर आफ्नो पत्रकारिता यात्रालाई अगाडी बढाए । ‘फरक रिपोर्टिङका लागि अगाडी बढाएको पाइलालाई गन्तब्यमा पुर्याएर मात्रै विश्राम दिने’ उनको स्वभावले पनि १७ बर्षदेखि पत्रकारितामै टिकाइ मात्र राखेको छैन । एक अब्बल, अशल तथा प्रतिभाशाली पत्रकारको परिचयका रुपमा स्थापित गरेको छ ।

सिंह राष्ट्रिपतिले प्रदान गर्ने जनसेवाश्री पदकबाट समेत विभुषित भैसकेका छन । यस वर्षमात्रै नेपाली पत्रकारहरुको अन्र्तराष्ट्रिय संजाल (इञ्जा) बाट एक लाख राशिको सामुदायिक पत्रकारीता पुरस्कार र नेपाल पत्रकार महासंघले प्रदान गर्ने कर्ण बोहरा स्मृती पत्रकारीता पुरस्कारबाट सम्मानित भैसकेका छन ।

विषयबस्तुको गहिरो अध्ययन सहित समाचार लेख्ने सिंहले यस अघि पनि राष्ट्रिय शिक्षा पुरस्कार, कान्तिपुरको उत्कृष्ट संवददाता पुरस्कार, फेडवासन पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान पाइसकेका छन ।