प्रगतिशिल युवा समाजद्धारा स्थानियलाई बाख्रा बितरण

बझाङः प्रगतिशिल युवासमाजले आयआर्जनमा सहयोग पुगाउने उदेश्यले केदारस्युँ गाउँपालिकाको वडानम्बर ३ र ६ मा ३० घरधुरीलाइ बाख्रा वितरण गरेको छ । प्रगतिशिल युवा समाज र वल्र्ड भिजन साझेदारी अन्र्तगतको पोषण तथा उत्थानशिल जिविको पार्जन कार्यक्रम अन्र्तगत बाख्रा वितरण गरिएको हो ।
केदारस्युँ गाउँपालिकाको वडानम्बर ३ मा १० ओटा बाख्रा र ५ ओटा पाठा वडानम्बर ६ मा २० ओटा बाख्रा गरि जम्मा ३० ओटा ब्याउने बाख्रा वितरण गरेको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनु भयो ।
कोभिडबाट प्रभावित जोखिममा रहेका वालवालिकाका परिवार दलित , आर्थिक स्थिति कमजोर भएका परिवारलाइ वितरण गरिएको र जस्ले गर्दा उक्तm परिवारहरुलाइ कृर्षि र पशुपालनमा आत्मर्निभर वनाउने उदेश्यका साथै आर्थिक स्थितिमा सुधार हुने समेत निर्देशक जोशीले बताउनु भयो । करिब ३ लाख ६० हजार रकम बराबरको बाख्रा वितरण गरिएको र वितरण गरिएका बाख्राहरुको विमा समेत गरेको छ । यसरीनै गरिव निमुखा परिवारले पहिलोपटक संस्थाबाट बाख्रा सहयोग पाउँदा आफु खुसीभएको र बाख्राको हेचाँह पालन पोषण गरेर आम्दानीको स्रोत समेत बढाउने केदारस्युँ गाउँपालिका वडानम्बर ६ का मकर बहादुर गुरुधामीले बताउनु भयो ।
साथै आफु गाडी चलाउन सिक्नका लागी ड्राइभिङ तालिममा समेत छनोट भएको र शिप सिकेर आफु व्यवसायमा लाग्ने समेत गुरुधामीले बताउनु भयो ।