अनेरास्ववियु बझाङद्धारा रक्तदान कार्यक्रम

रिदम सिंह, ७ फागुन बझाङ : अनेरास्ववियु बझाङले आज रक्तदान कार्यक्रम गरेको छ । जिल्लामा बेलाबेला रगत अभाव हुने अवस्था भएका कारण उक्त अवस्थालाई मध्येनजर गरी रक्तदान कार्यक्रम गरिएको हो । आज भएको रक्तदान कार्यक्रममा अनेरास्ववियका नेता कार्यत्रकर्ता तथा अन्य युवाहरुको गरी ३१ जनाको ब्लड ग्रुप पहिचान गरिएको छ भने, ७ जनाले रक्तदान गरेका छन् । भविष्यमा आइपर्ने रगत अभावलाई ब्यबस्थापन गर्नका लागी रक्त समुह पहिचान गरिएको र आवश्यक परेको खण्डमा रक्तदान गर्ने गरी ब्यबस्थापन गरिएको अनेरास्ववियुका जिल्ला संयोजक प्रविन्द्र धामीले जानकारी दिनु भएको छ ।
आजभएको रक्तदानका संकलन भएको ७ प्रिन्ट रगत जिल्ला अस्पतालमा स्थापना भएको ब्लड बैङमा राखिएको छ । आज नै संकलन भएको एक प्रिन्ट रगत जिल्ला अस्पतालमा आएका विरामीलाई दिइएको जिल्ला अस्पताल बझाङका ल्याव टेक्निसियन जनकराज जोशीले जानकारी दिनु भयो । जिल्ला अस्पतालमा नै ब्लड बैक स्थापना गरी बेलाबेला हुने रगत अभावलाई हटाउने उदेश्य भएपनि प्रयाप्त मात्रामा रत्तददान गर्ने दाताहरु नहँुदा सुरक्षाकर्मिहरुको भर पर्नु पर्ने अवस्था छ ।