राष्ट्रपतिले गर्दा बलात्कार बढेको आरोप

रिदम सिंह, ०६ फागुन बझाङ: सदरमुकाम चैनपुरमा उपस्थित महिलाहरुले राष्ट्रपतिले गर्दा नै बलात्कार बढेको आरोप लगाएका छन् । नेपाल महिला संघ जिल्ला कार्य समिती बझाङले विहिबार आयोजना गरेको विरोध सभामा खेलिएको देउडा खेलमा राष्ट्रपतिका कारण देशमा बलात्कार भएको आसयका गितहरु प्रस्तुत भएका थिए । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघका केन्द्रिय अध्यक्ष माननिय डा. डिला संग्रौला सहित बझाङ पुगेकी महिला नेतृहरु देउडा खेलमा सहभागी थिए । नेतृहरु सहभागी खेलमा नै “विद्या तेरा लाग्दा कतिका बलात्कार भया” अर्थाथ विद्या तिम्रो लाग्दा धेरैको बलात्कार भयो भन्ने गितमा देउडा खेलिदै थियो ।

प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटन संविधानको हितमा नरहेको भन्दै नेपाली काँग्रेस र उसका भातृ संगठनहरुले यतिबेला देशैभरी विरोध ¥याली गरि रहेका छन् । एक तहको नेतृत्व सहभागी भएको सभामा यतीसम्मको भाषा प्रयोग हुनु जाहेज नभएको सभामा नै सहधागी एक महिलाले बताउनु भयो । महिलाले महिलालाई नै यसरी निराधार आरोप र तुच्छ भाषाको प्रयोग गर्नु ठिक होइन् कार्यक्रममा नै सहभागी एक महिलाले बताइन् । उनले भनिन् “क्या विद्याले झाउ तमी अरुकी चेलीखी बलात्कार गर भन्यो होइ क्या बा ! मान्छेले बुद्धी पु¥याएर बोल्न जान्नु पर्छ । ज्या मनमा लाग्यो त्यो बोल्न पाइन्छ ? ”

नेतृत्व वर्गको मान्छेले के बोल्छ भन्ने कुरामा सवैको ध्यान हुन्छ नै । तर विरोध कार्यक्रमको समापन पछीको देउडामा भनिएका गीतहरुले भने नेर्त संग्रौला र उनको टिमलाई अफ्यारो बनाएको छ । देउडा गित भड्याउनेबाट सो गीत आउँदा यसलाई भन्न हुदैन् भन्नुको साँटो उल्दै होमा हो मिलाएर देउडा गितमा साथ दिनु उचित पक्कै होइन् । महिला हिंसा र महिला समानताका लागी लड्ने महिलाहरु नै एक आपसमा बाँझाबाझ र आरोप पत्यारोपमा उत्रन्छन् भने महिलाहिंसा र महिला समानताको आन्दोलन सफल हुन सम्भव छैन् । उच्च पदस्थ र राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा रहेको महिला माथीको गलत र तथ्यहिन भाषाले नेतृ र उनको टिमलाई आलोचित बनाएको छ ।