प्रगतिशिल युवा समाजद्धारा कम्मल वितरण

बझाङ – प्रगतिशिल युवासमाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाइ कम्मल वितरण गरेको छ । जिल्लाका २ वटा स्थानियतहमा संस्थाले कम्मल वितरण गरेको हो । मौसममा आएको परिवर्तन र चिसो मौसमलाइ ध्यानमा राखी आश्रीत बालबालिका र उनका परिवारहरु लाइ केहि राहात होस भन्ने उदेश्यले जयपृथ्वी नगरपालिकामा २ सय र केदास्युँ गाउँपालिकामा २ सय गरी जम्मा ४ सय कम्मल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लबराज जोशीले बताउनु भयो ।

संस्थाले कोरोना महामारीको समयमा पनी समुदायस्तरमा गएर खाध्यान्न ,दाल, चामल, सरसफाइका सामानहरु तथा स्वास्थ्य सामाग्रीहरु पनी वितरण गरेको थियो । संस्थालले गरिब,दुख , एकल महिला, बालबालिकाका परिवारहरुलाइ बेलाबेलामा खाध्यान्न , लत्ता कपडा दिएर आफुहरुलाइ ठुलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भन्डार घर भएकी आलिकुली रोकायाले बताउनु भयो ।

साथै संस्थाले स्थानियतहहरु संग समन्वय गरेर जोखिममा रहेका बालबालिकाहरुको गुणस्तरिय शिक्षा संरक्षण र जिविकोपार्जनका क्षेत्रमा समेत संस्थाले काम गर्दै आएको र चिसो मौसममा कम्मल वितरण गरेको र जस्ले गर्दा समुदायमा रहेका बालबालिका र जेष्ठ नागरिकहरुलाइ राहात हुने जयपृथ्वी नगरपालिका १ का वडा अध्यक्ष गगन बहादुर सिंहले बताउनु भयो ।