बझाङमा फागुन २ गतेदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुने

बझाङः बझाङमा फागुन २ गतेदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ । दोस्रो चरणको खोप अभियानमा १२ वटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, निजामति सेवाका कर्मचारी, जनपद प्रहरी बोर्डरमा खटिने शशस्त्र प्रहरी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी र पत्रकारहरु समेटिन लागिएको हो ।
खोप अभियान २ गते फागुन ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । फागुन दुई गते जिल्लास्थित कार्यालय, वित्तिय संस्था, पत्रकारलाई, फागुन ३ गते जयपृथ्वी नगरपालिकाका जनप्र, कर्मचारी तथा जिल्लाका सुरक्षा निकाय, फागुन ४ गते सुर्मा र छबिसपाथिभेराका जनप्रतिनिधि, कर्मचारी, फागुन ५ गते वित्थडचिर, थलारा र बुंगलका जनप्रतिनिधि तथा कर्मचारी, फागुन ६ गते दुर्गाथली, साइपाल र खप्तडछान्ना गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी, फागुन ७ गते केदारस्युँ, साइपाल र तल्कोट गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र फागुन ८ गते छुट भएका सबै कर्मचारी, तथा जनप्रतिनिधिलाई लगाइने तालिका स्वास्थ्य कार्यालयको रहेको छ ।