छबिस हत्या प्रकरणमा संलग्न वडा अध्यक्षसहित चार जना सार्बजनिक

माघ १५ बझाङः बझाङको छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ३ झडिखेल्लामा खुँडा प्रहार गरि हत्या गरिएका छबिसपाथीभेरा गाउँपालिका वडा नं.३ का २५ बर्षीय अमृत सिंहको हत्यामा संलग्न चार जनालाई प्रहरीले सर्बजनिक गरेको छ । स्थानीय बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको मंगलवार चुनाव सकेर घर फर्किने क्रममा सिंहको मंगलबार साँझ हत्या गरेको थियो । उक्त क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीले आज वडा अध्यक्षसहित चार जनालाई सार्वजनिक गरेको छ ।

सिंह हत्याको घटनामा संलग्न रहेका छविस पाथिभेरा गाउँपालिका २ का ३६ बर्षीय विकास ऐडी, सोही ठाँउ घर भएका ३४ बर्षीय प्रकाश ऐडी, ३२ बर्षीया ज्ञान बहादुर कठायत, र ३७ बर्षीय केदारमान ऐडी रहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । विकास ऐडी छविस पाथिभेरा गाँउपालिका वडा नं. २का वडा अध्यक्ष पनि हुन् । दिउसो बिद्यालयको निर्वाचन शान्तीपुर्ण तरिकाले भएको बताउदै प्रहरी नायव उपरिक्षक खड्काले बेलुका फेरि सामान्य बिवाद हुँदा धारिलो हतियार प्रयोग गरि चारै जनाले सिहंको हत्या गरेको बताउनुभएको छ ।

साँझ अमृत घर जाने क्रममा चार जनाको समुहमा आएका युवाहरुले उनीमाथी धारिलो हतियार प्रहार गरेका मृतकका आफन्त सचिन सिंहले वताउनुभयो । वडा अध्यक्ष ऐडिले चड्ने सरकारी नम्बरकोे मोटर साइकल सहित चारै जना हतियार खुडा लिएर मार्ने योजनाले आएका पिडित पक्षले वताएको छ । १८ महिनादेखी सहमती नभएर विवादमा रहेको विद्यालयको व्यवस्थापन समितिका लागि चुनाव हुदाँ काँग्रेस पक्षले विजय भएको थियो । मतदान आ आफ्नो पक्षमा हाल्नु पर्ने भन्दै दिउसो पनि दुवै पक्षका युवाहरुमा मुटभेट भएको थियो ।