नयाँ बर्षमा हुने चुनावको विकल्प छैन्, चुनाव हुन्छः संविधानसभा सदस्य खत्री

संविधान सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदुरपश्चिम प्रदेश सदस्य मान प्रसाद खत्रीसँग खप्तड नेपाल डटकमका प्रधान सम्पादक रमेश केसीले बर्तमान राजनितिक परिवेश, नेकपा भित्रको विवाद र समसायिक विषयमा गर्नु भएको कुराकानीको सम्पादित अंश ।
कति सालमा जन्मनु भयो ?
मेरो जन्म हालको थलारा गाउँपालिका ९ खानीमा भएको हो । २०२० साल पुष २४ गते मेरो जन्म भयोे ।
बाल्यकाल लाइ कसरी सम्झनु हुन्छ ?
वाल्यकालमा विशेष गरेर मेरो २ बर्षको उमेरमा वुवाको मृत्यु भयो । उहाँको अनुहार राम्रो संग थाहा छैन । त्यसको ६ बर्ष पछी आमाको पनी मृत्यु भयो । उहाँको अनुहार अलिअलि थाहा छ । बाज्या , बज्यैले बढाउनु भयो । खुवाउनु भयो । त्यसपछी काकाले विहे गर्दिनु भयो । एकदमै दुख कष्ट आमा वुवाको पिडा संगै संर्घर्ष गर्दै अगाढी बढे ।
यहाँले पढाइ आरम्भ कहाँ गर्नु भयो ?
त्यतिबेला पढ्नको लागी स्कुलहरु थिएन्न । हालको पुर्ण चन्द्रमावि कुलाकाट्ने बाट ५ कक्षा पास गरे । धेरै स्कुल फेर्नु पर्यो । माडुकाट्ने पाराकाट्ने पान्डुमावी राजकोट सत्यवादी मावि भोपुरमा , जनपृय मावि बगडगाउँमा पढे । पढ्न लेख्न घरायसी समस्याका कारण पढ्दा पढ्दै विचमै छोडेर भारतको देरादुन पन्जाव ब्यंलोरका विभिन्न ठाउँमा समेत काम गरे त्यहाँ बाट फेरी २०३३ सालमा घर र्फके विवाह गरे २०३५ सालमा फेरि थलारा माविमा कक्षा आठमा भर्ना हुर्दै २०३७ सालमा एसएलसी दिए । २०३८ भदौ ११ गते शिक्षा शाखा बझाङमा शिक्षकको परिक्षा दिएर हालको पुर्णचन्द्र मावि कुला काट्नेमा प्राविको शिक्षक भए । २०४३ मा बढुवा भएर निमाविको प्रधानाध्यापक भएर काम समेत गरे २०४० सालमा विज्ञान विषय अन्र्तगत जिल्लामा एउटा कोटा हुन्थ्यो । जिल्ला शिक्षा बाट स्कलरशिपमा परेर २०४० सालमा पृथ्वी नारायण क्याम्पस पोखराबाट प्रविणता तह उतिण भए ।
स्कुल पढ्दा राजनितिप्रति झुकाव थियो ? कि थिएन् ?
म २०३६ सालमै थलारामा पढ्दादेखी नै अनेरास्ववियुको प्रा.क अध्यक्ष भएको थिए । त्यहाँ बाटै राजनिति सुरु भयो । साथै थलारा खोलीमा प्रगतिशिल पुस्तकालय खोलेर कम्युनिष्ट आन्दोलनलाइ अगाडि बढाइयो । २०४० सालमा पृथ्वी नारायण क्याम्पस पोखरामा शिक्षा संकायको स.प्रा.क अनेरास्ववियु एकताको पाँचौ विध्यार्थि संगठनमा सक्रिय रुपमा काम समेत गरे ।
यहाँ बझाङ जिल्लाको कम्युनिष्ट पाटीको संस्थापक सदस्य पनी हुनु भयो ? त्यतिखेर कसरी संगठन विस्तार गर्नु भयो ? त्यो क्षणलाइ कसरि सम्झनु हुन्छ ?
२०४६ सालमा नेकपा मालेको संस्थापक जिल्ला सदस्य २०४७ साल मंसिर ८ गते सांगठित सदस्यता नेकपा एमाले बाट प्राप्त भयो । त्यतिखेर देश भरिबाट जम्मा १ हजार १५ जना थिए । २०४६ सालमा पहिलोपटक नेकपा मालेका दाङका मेघ बहादुर जिसी बझाङ आउनु भयो । मालुमेला उहाँ संग कम्युनिष्ट आनदोलनका ेबारेमा छलफल भयो । त्यसपछी चके्रस्वर माविमाअन्य साथिहरु भेला भयौ । भेला भएपछी त्यसपछी मालुमेलामा पहिलो कमिटी गठन भयो । २०४६ चैत ३० गते सत्यवादी मावि भोपुरमा दोस्रो भेला गरी कमिटीलाइ पुर्णता दिइयो ।
त्यति बेला संगठनमा को को हुनुहुन्थ्यो ?
त्यतिखेरको कुरा गर्ने हो भने , अहिले पनी सम्झना छ । भानुभक्तm जोशी इश्वरनाथ जोशी लाल बहादुर खड्का, अर्जुन थापा , संकर खड्का , बलबहादुर रोकाया , धन्नजय ओझा , पदम भन्डारी, धरणीधर नाथ लगाएतका साथिहरु संगठनमा थियौ ।
त्यो बेला संगठन विस्तार गर्ने कुरालाइ कसरी सम्झनु हुन्छ ?
संगठन विस्तार गर्न पन्चायतकालमा गाह्रो थियो । एक ब्यक्तिmको सम्पर्कको आधारमा संगठन विस्तार गर्नु पथ्र्यो । शिक्षक साथिहरुलाइ पहिला विहान बेलुका पानकोटको भिरमुनी, ढुंगाको खोचमा बसेर शिक्षक साथिहरु संग कम्युनिष्टहरुको बारेमा बहस र कुराकानि गर्थ्योै । त्यसपछी पुन ःसाथिहरु संग एक महिनापछी भेटगरिन्थ्यो । जुन मान्छे संग छलफल हुन्थ्यो, त्यो मान्छेलाइ कम्युनिष्टमा लाग्न पलान गर्दै । त्यो क्रम एक बर्ष सम्म चल्यो । गाउँ गाउँमा ५, ५ जना शिक्षक र अन्य साथिहरु मिलेर त्यसको २ महिला पछी जिल्ला पटी सक्रिय दल, इलाका पाटी सक्रिय दल, गाउँ र वडा सक्रिय दल गठन गर्दै, भातृ संगठन समेत विस्तार गर्यौ । हामी शिक्षक भएकाले हाम्रो भुमिगत नाम थियो । त्यतिखेर मेरो नाम विरोद थियो ।
गाउँमा कम्युनिष्टलाइ कसरि हेरिन्थ्यो त्यो बेला ?
त्यतिबेला गाउँमा कम्युनिष्टहरुलाइ हेर्ने दृष्टिकोण नराम्रो थियो । कम्यनिष्ट जातजाती धर्म मान्दैन्न । सम्पति लुट्छन । कम्युनिष्ट देशमा आयो भने भारतले नुन, तेल रोक्छ, भारत जान पाइदैन । भनेर काग्रेस र पञ्चहरुले बझाङ्गी जनताहरुलाइ भम्र फैलाउथे, गाउँमा संगठन विस्तार गर्न जादा खान बस्न पाइदैन थियो । हामी शिक्षक भएकाले काम गर्न गाह्रो भएन ।
तपाइ गाविस अध्यक्ष हुदै जिविस सभापती, संविधान सभा सदस्य पनी हुनु भयो, तपाइको पालामा केके काम गर्नु भयो ?
मैले २०४८ सालमा शिक्षक बाट राजिनामा दिएर २०४९ सालमा मालुमेला गाविसको अध्यक्ष भए । २०५२ र ६४ मा नेकपा एमाले पार्टी सचिव भए २०५४ मा पुनः मालुमेला गाविस अध्यक्ष हुदै २०५४ मा जिविस सभापतीमा र्निवाचित भए । २०७० सालमा क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्य र्निवाचित भए । गाविस अध्यक्ष हुदा पनी गाविसको भवन र्निमाण गर्ने काम, जग्गा खरिदको काम, विध्यालयका भवन बाटाघाटा पुल र वडाहरुमा कोष सथापना गरियो । सभापती हुदाँखेरी डोटीका सभापती संगै सहकार्य गर्दै, खाध्यान्न कार्यक्रम मार्फत दिपायल चैनपुर सडक खण्डको काम सुरु, चैनपुर तलकोट घोरेटो बाटो, ७० ओटा झोलुङ्गे पुल जिल्लामा कियर नेपाल पलान इन्टरनेशनल जस्ता संस्था भित्त्याए । संविधान सभा सदस्य भएपछी पनी ताक्लाकोट सडक खण्डको कार्यालय स्थापना गर्न देख िलिएर १ अर्ब ३५ करोड रुपैयाँ बहुबर्षिया ठेक्का प्रणाली मार्फत काम गर्न सुरुवातको लागी पहल गरियो । बषौ देखी हुन नसकेको राष्टिय विधुत प्रशारण लाइन विस्तार, सेतिनदीमा पक्कि पुल, साथै संविभान बनाउनुका लागी संघ, प्रदेश र स्थानियतहको कानुन बनाउने गाउँ नगरपालीकामा अध्यक्ष उपाअध्यक्ष मध्ये एकपदमा महिला अर्निवार्य ब्यवस्था समेत गर्ने समावेशि समानुपातिकलाइ मध्यनजर गरी राज्य ब्यवस्था समितिको कानुन र्निमाण उप समितिको सदस्य भएर समेत संविधान बनाउनुमा महत्वपुर्ण योगदान रहयो ।

तपाइले कानुन त बनाउनु भयो तर ३ बर्ष नपुग्दै त्यहि संविधानलाइ मिचेर संसद विघटन गर्नु भयो यो ठिक हो ? या बेठिक ?
प्रधानमन्त्री ओलीलाइ चौतर्फि घेरामा पार्ने काम एक बर्ष सम्म आफ्नै दलभित्रका साथिहरुले बाहरि तत्वको इसारामा खेल खेल्नु भयो । सरकारका राम्रा कुराहरु ओझेलमा पार्ने सरकारले गरेका कामको विरोध गर्ने, पदको बाग्रिनिङ गर्ने पाटीको अध्यक्षबाट हटाउन खोज्ने, बाध्य भएर संसद विघटन गर्नु भयो । के यो कदम असंबैधानिक छ र ? नयाँ जनादेशमा जानका लागी जनतामा जानु संविधान विरोधी प्रजातन्त्र, लोकतन्त्र विरोधी काम हो र ?
त्यो भए प्रधामन्त्रीले पद छोडेर ल साथिहरु गर्नु होस मैले छोडे तपाइहरु चलाउनुहोस भन्न पनी सक्नु हुन्थ्यो नी हैन र ?
त्योत सकिन्थ्यो होला । उहाँले चैैतमा महाअधिवेशन गरेपछी अध्यक्ष हुदैन । अब २ बर्ष पछी प्रधानमन्त्री हुदैन नयाँ पुस्तालाइ हस्तान्तरण गर्छु । किचलो नगर्नुहोस इतिहासमा कम्युनिष्ट पाटीलाइ एकिकरण गर्दै अगाडि बढाइएको छ । भन्दा समेत त्यो कुरा सुननु भएन । अलगअलग भेलागर्ने, प्रधानमन्त्री, राष्टपती समक्ष अविस्वासको प्रस्ताव तयार गर्ने खेल खण्डमा लागिरहेका कारण यो अवस्था सृजना भएको हो ।
नेकपाले बहुमतको सरकार चलाउने नसकेको हो ? या नफापेको हो ?
नेपालको इतिहासलाइ अध्यन गर्नु हुन्छ भने, २०१५ सालमा नेपुसाली कांग्रेसले २ तिहाइको सिट प्राप्त गर्यो १५ महिनामै राजा महेन्द्रले कु गरे २०४८ सालमा गिरिजा प्रसाद काइरालाको बहुमतको सरकार भयो । उक्तm सरकारले ३ बर्षमै मध्यवति चुनाव गर्यो । २०५१ सालमा मनमोहनको अत्पमतको सरकार बन्यो । उक्तm सरकारलाइ स्वदेशी विदेशी चलखेलका कारण ९ महिनामै अपोदोस्त गर्ने काम भयो । त्यसपछी झन राजनितिक अस्थिरताका कारण सांसद खरिद विक्रि रातो पास्पोर्ट, पजेरो बेच्ने, सांसदलाइ सिंगापुर लाने, रातारात सरकार परिवर्तन गर्ने चरम राजनिति सिंर्जना भयो । अन्तिममा राजा ज्ञानेन्द्रले २०४७ संविधान खाए । तर ओली सरकारले लिपुलेख कालापानीलाइ समेत नेपालको नक्सामा समावेश गर्दा विभिन्न सक्तिहरु सल्बलाए । भारतका मिडियाहरुले ओली अब २ दिनका प्रधानमन्त्री मात्र हुन भन्ने कुरा प्रचार गरेको तपाइलाइ थाहानै होला । त्यसैले एकिकृत भएको कम्युनिष्टलाइ पद लोभिहरुले अपवित्र गठवन्धन गरी हटाउन खोजे । नफापेको पनी हैन, नचलाउन सक्ने पनी हैन ।
त्यसो भए चुनाव हुन्छ त ? के एजेन्डा लिएर जनतामा जानुहुन्छ ?
च्ुनाव अवश्य हुन्छ । अर्को विकलप नै छैन । मैले माथि उल्लेख गरेका कुराहरु वास्तविक बताउदै भन्दै जनता माँझ जाने कुराहरु धेरै छन ।
बझाङका तपाइ संगका धेरै साथिहरु माधव र प्रचन्डको पक्षमा छन्नी ?
उहाँहरुलाइ के भनौ बहकिएर नलाग्नुहोस । हिजो संगै काम गरेका हौ । अझै काम गर्नु छ । जनताका थुपै कठि,नाइहरु छन । बझाङको विकास गर्न , धेरै छ , त्यसैले केपि शर्मा ओलीको पक्षमा लागेर चुनावमा भाग लिएर अगाढि बढौ ।
तपाइको नाम समावेशी आयोगको अध्यक्षका लागी सिफारिस गरिएको छ । त्यहाँ गएपछी मुख्यकाम केरहन्छ केहि सोच्नु भएको छ ?
सर्वप्रथम त नेपाल सरकार संबैधानिक आयोगले उक्तm पदमा मनोइन गरेकोमा हृदय देखी नै धन्यवाद ब्यक्त गर्दछौ । विशेष गरेर नेपालको संविधान ऐन, कानुन, निर्देशीका बमोजिम सफलता पुर्व कामहरु पुरा गर्ने मेरो इच्छा भए पनी पाटीलाइ एक्लो छाडेर यस्तो संकटको अवस्थामा काम गर्न त्यति रुचि र जागर भने लागेको छैन । पाटीमै काम गरेर सेवागर्न पाए भन्ने लागेको छ । जिम्मेवारी लिनेकि नलिने ५०–५० प्रर्तिशत मन भएको छ ।
त्यसो भयो भने फेरी माननिय बन्ने इच्छा हो ?
राजनितिमा जेपनी हुनसक्छ । पाटीले जिम्मेवारी दिएको खण्डमा जिम्मेवारी वहन गरिन्छ ।
पाटीमा लागेर कति कमाउनु भयो ?
राजनितिमा पञ्चायत कालदेखी लागेको मान्छे हाल सम्म आइपुग्दा हामीले उठाएका सम्पुर्ण मुदाहरु सफल भएका छन । लोकतन्त्र गणतन्त्र स्थापना संविधान बनाउने जस्ता महत्वपुर्ण उपलब्धी भएका छन । म असाध्यै खुसी छु । आफु संलग्न भएर सम्पादन भएकाले तर म पुर्णरुपमा सफल छु ।
तर यहाँ धेरै कम्युनिष्ट साथिहरु आर्थिकमा सबल भएका हुनकि मलाइ दुख लाग्छ । धेरै धन सम्पति जोड्ने दलाली पुर्ण किृयाकलाप गर्ने मलाइ दिक्क लाग्छ । म देश र जनताको मुक्तिका लागी लागको हुँ । धनसम्पति कमाउनका लागी लागेको भए राजनितिमा नलागेर अरुकाम गर्थे होला । तर मेरो त्यस्तो स्वभाव भावना छैन । मसंग केहि छैन तर बझाङी दाजुभाइ सुख दुखमा साथ दिन्छन ।
तपाइले धेरै पुस्तक पनी पढ्नु भयो होला ? पढ्नै पर्ने पुस्तक केहो ?
मैले पुस्तक त तिन टरक जति पढे हुला मलाइ आमा उपन्यास, पुजि मन पर्ने पुस्तक हुन ।
अन्तिममा केहि भन्नु छ ?
बझाङ बासि दाजुभाइ दिदिबहिनीहरुलाइ अहिलेको विकृत्र राजनितिको पक्षमा नलागेर राजनितिलाइ सुदिकरण गर्दै वास्तविक राजनितिलाइ सुदिकरण गर्न अहम भुमिका निभाउन समेत उहाँहरुलाइ अनुरोध गर्दछु ।