सडकको स्तर उन्नती गर्ने क्रममा कमसल सामाग्री प्रयोग गरेको भन्दै प्रशासनमा ज्ञापनपत्र,

रिदम सिंह, ०९ माघ बझाङः अनेरास्ववियू बझाङले सडकको स्तर उन्नती गर्ने क्रममा कमसल सामाग्री प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जयपृथ्वी राजमार्ग अन्तरगत रहेको खोड्पे चैनपुर सडकको बाग्थला भोपुर सडक खण्डमा गुणस्तरहिन काम भैईरहेको भन्दै अनुगमन गएका अनेरास्ववियुका नेताहरुले ठेकेदारले स्टमेट अनुसार काम नगरेको पाईएपछि काममा चुस्तता ल्याउनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी समक्ष ज्ञापन पत्र बुझाएको हो ।
बाग्थलादेखि भोपुरसम्म को कालोपत्रे जिम्मा पाएको जलजला निर्माण सेवाले स्टमेट अनुसार काम नगरेपछि अनेरास्ववियु बझाङ सँयोजक पुष्प लाल रोकाया लगाएत स्थानिय युवाहरुले ठेकेदारलाई सचेत गराउन र जयपृथ्वी राजमार्गमा भइरहेको कामलाई गुणस्तरीय बनाउन पहल थाल्नका लागी ज्ञापनपत्र बुझाएको जनाएको छ । नेपाल कम्युनिस्ट पाटीका सचिवालय सदस्य रहेका नरेन्द्र खड्का, नेपाल कम्युनिष्ट पार्टीका कार्यालय सहसचिव रामचन्द्र रोकाया लगाएतका नेताहरुका पनि सहभागिता रहेको थियो ।
बेला बेला सडकको निर्माण जिम्मा पाएको जलजला निर्माण सेवाका प्रतिनिधीलाई गुणस्तरीय काम गर्न अनुरोध गरेको भएपनि हचुवाका भरमा काम गरेको नेकपाका युवा नेता नरेन्द्र खड्काले आरोप लगाउनु भएको छ । सचेतना स्वरुप आफुहरुले ज्ञापन पत्र बुझाएको बताउदै खड्काले ठेकेदारले अझै लापरबाही गरेको खण्डमा जस्तोसुकै कदम चाल्न पनि पछाडि नहट्ने चेतावनी दिनु भएको छ ।