बझाङका हिलारीले निकाले प्रधानमन्त्रीको समर्थनमा ४ सय मोटरसाइकल सडकमा

सत्यराज सिंह  – बझाङ – नेकपा भित्रको विवादले उग्ररुप लिदै गर्दा देशव्यापी रुपमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव प्रचण्ड समुहले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन । प्रतिनिधि सभा विघटन भए लगत्तै जिल्ला छिरेका माधव प्रचण्ड समुहले प्रधानमन्त्रीको असम्बैधानिक कदमका विरुद्ध कार्यक्रम गर्दै आएका छन भने ओली समुहले प्रधानमन्त्रीको समर्थनमा कार्यक्रम गर्दै आएका छन ।
पछिल्लो समयमा पार्टी विभाजनको अवस्थामा पुगेका बेला युवाहरु पनि खुलेर आउन थालेका छन । नेकपा प्रति आस्थावान युवाहरुले स्वतस्फुर्त रुपमा केपी ओलीको पक्षमा वकालत गर्दै विभिन्न कार्यक्रम तथा जुलुसमा सहभागि हुन थालेका छन । बझाङमा पनि धेरै जसो युवाहरु सरकारको पक्षमा कार्यक्रम गर्दै आएका छन ।

बझाङको सुर्मा घर भई काठमाडौमा बस्दै आएका हिलारी हिक्मत बोहराले सरकारको पक्षमा उपत्यकामा मोटर साईकाल ¥याली निकालेका छन । नेकपाका युवा नेता तथा बोहराले सरकारको कदम सहि भएको भन्दै समर्थनमा ४ सय मोटरसाईकलको ¥याली निकालेका हुन ।
उपत्यकामा बस्दै आएका सुदुरपश्चिम लगायतका युवाहरुलाई एकिकृत गरेर सरकारको समर्थनमा ¥याली निकालेको बोहराले बताए । उनले भने सरकार गठन भए देखि सरकार ढलाउन लागी परेका केहि अराज तत्वहरुले प्रधानमन्त्रीका विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव गलत हो ।

सरकार गठन भएको एक बर्ष सम्म प्रदेश सभा तथा प्रतिनिधि सभाका संरचना निमार्णमा गएको छ । फेरी सरकारले एक बर्ष काम गर्न पाएको छैन । पदलोभीहरुले सरकार ढलाउन लागी परे । सरकारले काम गर्दा गदै पनि सरकारको विरुद्ध लागे पछि हामीले स्वस्फुर्तरुपमा सरकारको समर्थनमा ४ सय मोटरसाईकल सहितको ¥याली निकालेका हौ । नेकपा प्रर्ति आस्थावान सबै युवाहरुलाइ कति पनी विचलित नभएर सरकारको समर्थनमा सडकमा उर्तिन र निरन्तर लागीरहन आग्रह गरेका छन ।