कानुनी रुपमा पार्टी विभाजन भएको छैन ः जिल्लाका नेताहरुलाइ नबरालिन संयोजक महरको आग्रह

रमेश केसी – बझाङ – केपी ओली रेलमा , भष्टचारी जेलमा , आजलाइ होइन भोलीलाइ , दश बर्ष ओलीलाइ भन्ने नारा लगाउदै, चैनपुर पुगेका प्रधानमन्त्री केपी सर्मा ओली समर्थक नेता , कार्यकर्ताहरुले बझाङको सदरमुकाम र्चैनपुरको लोकतान्त्रीक चोकमा कोणसभा गरेका छन ।

उक्त सभामा सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रिय संयोजक तथा नेकपाका केन्द्रिय सदस्य ऐन महरले “जनता सुखी र समृद्घ हुन्छन भन्ने डाहा र रिसले प्रचन्ड – नेपालले प्रधानमन्त्री विरुद्घ अविस्वासको प्रस्ताव लिएको र ताजा जनादेशका लागी प्रधानमन्त्रीले प्रर्तिनिधी सभा विघटनको निर्णय लिएको बताउनु भयो ।

साथै नेकपा फुटेको हो , भन्ने जनतामा चिन्ता र चाँसो भएको छ । पाटी कानुनी रुपमा विभाजन भएको छैन । केही ब्यक्तिहरु बाहिर मात्र गएका हुन । एक दिन प्रचन्ड – माधव नेपाल पनी केपी ओलीको साथमा आउने भएकाले भानुभक्त जोशी , एलवि रावल , दमन भन्डारी ,मिन बहादुर कुँवर तथा अन्य नेताहरुलाइ पनी अन्त नबरालिएर नेपाल कम्युनिष्ट पाटी नेकपामा आउन आग्रह गर्नु भयो । ”

त्यसै गरी नेकपा जिल्ला इन्चाज समेत रहेका भैरव बहादुर सिंहले “आफु कतै नभागेको र जनताको माझमै रहेको र समृद्घ नेपाल सुखी नेपालीका लागी संघियता संस्थागतका लागी आफुहरु चुनावमा जाने र चुनावको मिती समेत घोषणा भएकाले अहिले प्रचन्ड लगाएतका केहि समुहहरुलाइ चुनाव हुदैन भनेर जनताहरुलाइ भ्रममा नपार्न समेत आग्रह गर्नु भयो । ”

कोणसभा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा नेकपा केन्द्रिय कमिटी सदस्य अफिलाल ओखेडाले “प्रर्तिनिधी सभा विघटन गर्न असंबैधानिक भएको भन्नेहरुलाइ धारा ७५ को उपधारा ३ पढ्न र प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन भन्नेकुरा कहि पनी नलेखेको समेत बताउनु भयो ।

साथै बझाङ जिल्लामा नेकपाको संस्थागत विकास र भौतिक विकासका लागी प्रत्येक जनप्रर्तिनिधी र सांगठित सदस्यता बाफतको १७ लाख लेवि जिल्लाका नेता मिन बहादुर कुँवर , दमन भन्डारी लगाएतका नेताहरुले निकालेको हुँदा चाडो भन्दा चाडो खातामा जम्मा गर्न समेत आग्रह गर्दै , एउटा मेयरले मात्रै ५५ हजार लेवी जम्मा गरेकाले त्यो पैसा कसैको ब्यक्तिगत नभएकाले ब्यक्तिmगत हिसाबमा खर्च गर्न नमाइनेमा जोड दिनुभयो । ”


यता नेपाल कम्युनिष्ट पाटी नेकपा बझाङ जिल्ला संयोजक तथा प्रचन्ड –माधव खेमामा देखिएका मिन बहादुर कुँवरले “पैसाको सवालमा जिल्ला कमिटीको बैठकमा पनी छलफल हुने र आफु संग जिल्ला कमिटीमा बहुमत समेत रहेको र पैसा हिनामिना नभएकाले जहाँ पायो त्यहि सडक ,बाटोमा अनावश्यक हल्लाको पछी नलाग्न सबैलाइ आग्रह गर्नु भएको छ । ”