बझाङका सबै स्थानियतहमा सुरक्षित मातृत्व कार्यक्रम संचालन हुने

 बझाङ – बझाङ जिल्लामा मातृनवजातशिशु मृत्युदरमा कमील्याउने उदेश्यले सुरक्षित मातृत्व कार्यक्रम संचालन हुने भएको छ । सोमबार जिल्ला स्थित सरोकारवालाहरु संग १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको समेत गरिएको छ ।सुदुरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी हुने भएका कारण त्यसमा कमिल्याउन सो कार्यक्रम संचालन हुने भएको हो । उक्त कार्यक्रमले बाटोमा घरमा र स्वास्थ्य संस्थामा हुने मातृ नवजात शिशु मृत्युदरलाइ शुन्यमा झार्ने लक्ष्य लिएको छ ।

बझाङ जिल्लामा गत आर्थिक बर्ष २०७६,०७७ मा मातृ मृत्युदर शुन्य भए पनी नवजात शिशु मृत्युदर २६ जना रहेको छ । उक्तm कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले ,सरकारले जनताको स्वास्थ्यमा ध्यान दिने उदेश्यले कार्यक्रम संचालन हुन लागेको र ज्ञानको कमीका कारण गर्भवती र सुत्केरी अवस्थामा जेपायो त्यहि खानेकुरा खानु हुन्न भन्ने कुराले महिलाहरुलाइ समस्या हुने गरेको र हरियो सागपात,उखु पानी समेत कम खाने गरेको बताउनु भयो ।

अहिले पछिल्लो समयमा राष्टपती महिला उत्थान कार्यक्रम अन्र्तगत धेरै जना गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टर मार्फत ज्यान जोगीएको बताउनु भयो । कार्यक्रममा बोल्दै बुंगल नगरपालिकाका मेयर धन बहादुर विष्टले, विगतका बर्षहरुमा फागुन देखी जेठ सम्म धेरै बच्चा मर्ने भएता पनी बझाङ जिल्लामा पछिल्लो समयमा धेरै कमि आएको र आफु र्निवाचित भएपछी एम्बुलेन्स समेत ल्याएको र महिला दिदि बहिनिका समस्याहरु बुझ्ने गरेको समेत बताउनु भयो ।

त्यसै गरी सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले सुदुरपश्चिममा महिलाहरुमा धेरै भेदभाव हुने गरेको छ । खोपको राम्रो व्यवस्था भए पनी अवको ६ महिना भित्र कोभिडको खोप आउने भएकाले स्थानिय सरकारले पनी त्यसको तयारीका लागी लाग्नु पर्ने र भ्याक्सिन राख्नका लागी समेत समस्या हुने बताउनु भयो । बझाङ जिल्लाका १२ ओटै स्थानियतहहरुमा नेपाल सरकारको कार्यक्रम भएकाले अब सबै स्वास्थ्य संस्थाहरुमा कार्यक्रम नियमित संचालन हुने स्वास्थ्य कार्यालय बझाङका परिवार नियोजन निरिक्षक डिल्ली जोशीले बताउनु भयो ।

उनले भने,१२ बर्ष देखी ५५ बर्ष भित्रका महिलाहरुको गर्भवती र सुत्केरीको मृत्यु भएका कारण खोजेर आगामी दिनमा कुनै पनी महिलाको मृत्यु नहोस भन्ने उदेश्यले यो कार्यक्रम लागु गरिएको समेत जोशीले बताउनु भयो ।