नयाँ सोच नेपाल बझाङ इकाईले गर्यो सदरमुकाममा सरसफाइ कार्यक्रम

बझाङ- नयाँ सोच नेपाल बझाङ जिल्ला इकाइले सदरमुकाम चैनपुरमा सरसफाइ कार्यक्रम गरेको छ ।

जयपृथ्वी नगरपालिका वडानम्बर १० को सहकार्यमा उक्त कार्यक्रम गरिएको इकाइ सचिव विकास विष्टले बताउनु भएको छ ।

सरसफाइ कार्यक्रमलाइ टेवा पुगाउन तथा नयाँ सोच नेपाल इकाइको काम प्रर्ति प्रभावित हुदै जिल्ला अस्पताल सिमखेतका डा. योगेन्द्र खातीले इकाइलाइ गोलब्स हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नयाँ सोच नेपाल बझाङकि सल्लाहाकार संन्जिता धामीले यस कार्यक्रमले सरकारले लिएको दिगो विकासको लक्ष्य पुरा गर्नको लागी टेवा पुग्ने बताउनु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै इकाइ सदस्य सन्तोशी रावलले आगामि दिनमा पनी स्थानियतहहरु संग समन्वय गरेर अरु कार्यक्रम पनी संचालन गर्ने बताउनु भयो ।

साथै कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका वडानम्बर १० का वडा सदस्य फकिर रोकायाले इकाइले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गर्नु भएको थियो । भने, वडाकार्यालयबाट माक्स समेत इकाइलाइ वितरण गरेको थियो ।

कार्यक्रम इकाइकि अध्यक्ष सविता जोशीको अध्यक्षतामा सुरु भएको थियो भने , कार्यक्रममा स्थानियतह जनप्रर्तिनिधी , सुरक्षाकर्मी , र युवाहरुको उपस्थिति रहेको थियो ।