नेकपा जिल्ला कमिटी बैठक योग भवनमा सुरु

 बझाङ – नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला कमिटी बझाङको बैठक सदरमुकाम चैनपुर स्थित पानकोटमा रहेको योग भवनमा सुरु भएको छ ।

बैठकमा नेकपा सुदुरपश्चिम प्रदेश सह –इन्चार्ज तथा पुर्व वन मन्त्री भानुभक्त जोशी , संघिय सांसद तथा नेकपा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंह , नेकपा केन्द्रिय कमिटी सदस्य तथा बझाङ जिल्ला सह– इन्चार्ज देवराज रेग्मी , सुदुरपश्चिम प्रदेश सांसद देवकि मल्ल ,शान्ति नेपाली , लगाएत बझाङ जिल्ला कमिटी अध्यक्ष मिन बहादुर कुँवर , सचिव दमन भन्डारी लगाएत जिल्ला कमिटी सदस्यहरु तथा नगर तथा गाउँकमिटीका अध्यक्ष सदस्यहरु र स्थानियतहका अध्यक्ष सदस्यहरुको सहभागिता रहेको छन ।