राजसंस्था पुनर्स्थापना गर्न सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बझाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङ्गले जिल्ला प्रशासन कार्यालय बझाङ्ग मार्फत आइतबार प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।

संघीयता खारेजी गर्नुपर्ने, हिन्दुधर्म र राजसंस्था पुनःस्थापना गर्नुपर्ने लगायतका माग राखेर पार्टीले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

देशैभर आन्दोलनमा रहेको पार्टीले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

पार्टीले प्रमुख जिल्ला अधिकारि कमलराज भन्डारी मार्फत प्रधामन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।