बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ  – बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुर देखी महेन्द्रनगर जादै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा विहिबार २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगडी लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

चालक दिपक बोहोरा र बसलाइ स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल तर्फ पठाएको डियसपी खड्काले जानकारि दिनुभयो ।