साना उधोग देखी ठुला हाइड्रोपावरको सम्भावना छ ः प्रमुख जिल्ला अधिकारी भन्डारी

रमेश के सी – बझाङ – उधोग र रोजगार सम्वृद्धिको आधार भन्ने मुल नाराका साथ घरेलु तथा साना उधोग कार्यालय चैनपुरले मंगलबार विभिन्न कार्यक्रम गरि छैटौ उधोग दिवस मनाएको छ । छैटो उधोग दिवसको अवसरमा बोल्दै कृर्षि ज्ञान केन्द्रका निमित कार्यालय प्रमुख रामलाल जोशीले कृर्षि र उधोग एक अर्काको पाटो भएकाले स,साना उधोगहरुलाइ प्राथमिकता दिइ युवाहरुलाइ आर्थिकरुपमा आत्मर्निभरता बनाउन तर्फ र उधोगमा तर्फ युवाहरुलाइ आर्कर्षित गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरि दिवसको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले बझाङ जिल्लामा स,साना उधोग देखी लिएर ठुला हाइड्रोपावरको सम्भावना समेत भएकाले पश्चिम सेती समेत रहेको र बझाङ जिल्ला बहुमुल्य जडिबुटी देखि भेडा, बाख्रा पालन हुने गर्दा स्थानियस्तरमा रोजगारको सम्भावना भएकाले सरकारले यस तर्फ ध्यान दिएको र यस तर्फ लागी परेको बताउनु भयो । साथै यसमा सरकार मात्र नभइ निजी लगानी कर्तालाइ पनी संसगै लैजानु पर्नेमा जोड दिनु भयो ।

घरेलु तथा साना उधोग बझाङले लघुउधम देखि ठुलाठुला उधोगको सम्भावयता अध्यन गरी काम अगाडि बढाउने र स्थानिय सरकार संग समन्वय गरेर उत्पादनमा समेत जोडदिएर कामहरु अगाडि बढाएको र महिला , युवाहरुलाइ सिपमुलक तालिमहरु दिएर आत्मर्निभर गराउने खालका कामहरुमा घरेलु तथा साना उधोगले काम गरेको घरेलु तथा साना उधोग बझाङका निमित कार्यालय प्रमुख दशरत जप्रेलले बताउनु भयो । साथै उधोग दिवसको अवसर पारी उधमीलाइ सम्मान गर्नुका साथै सदरमुकाम चैनपुरमा प्रभात फेरि कार्यक्रम समेत गरेको छ ।