दक्षिण एसियाको पहिलो सामुदायिक उद्योग धरासायी

बझाङ– दिगो वन व्यवस्थापन सम्बन्धी प्रमाण दिने अन्र्तराष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सील (एफएससी)’ वाट प्रमाणित एसिया कै पहिलो सामुदायिक उद्योग धरासायी भएको छ । बझाङको जयपृथ्वी नगरपालिकामा रहेको मालिका हाते कागज उद्योग व्यवस्थापनको लापरवाहीका कारण दुइ वर्ष देखी बन्द अवस्थामा रहेको छ ।
उद्योग बन्द भए पछि यहा“ रहेका संरचना र उपकरणहरु पनि अलपत्र परेका छन । उद्योगको भवनको वरिपरी झार पलाएको छ । गाउ“बाट करिब ३ किलोमिटर टाढा हमरसैन भन्ने ठाउ“मा रहेको उद्योग भवनका दारकाठहरु पनि स्थानियले चोरेर लगेका कारण भवन समेत भत्किने अवस्थामा पुगेको छ । हाते कागज बनाउदा पानी जम्मा गर्ने पोखरीहरु भत्किएका छन । कागज बनाउने काठका फ्रेमहरु स्थानियले दाउरा बनाउन प्रयोग गरेका छन । लाखौं मुल्य पर्ने विटर (कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने) मेसिनहरु खिया लागेका छन भने मेसिनका महत्वपुर्ण पार्टहरु चोरी भएको स्थानियले बताएका छन ।


यस्तै उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउदा प्रयोग गरिने काष्टिक सोडा, नुरी लगायतका रसायनहरु समेत चोरी भएका छन । कुनै वेला स्थानियको रोजगारीको केन्द्रको रुपमा रहेको हाते कागज उद्योगको घेरबारहरु भत्किएर अहिले गौचरनमा परिणत भएको छ भने उद्योग भवन ग्वाला, गोठालाहरुको शौच गर्ने ठाउ“मा परिणत छ ।
उद्योग बन्द हु“दा झण्डै एक करोड बराबरको स्थानिय समुदाय र विभिन्न दातृ संस्थाहरुको लगानी पनि खेर गएको छ । २०५६ सालमा साविक कैलास गाविसका स्थानिय र अन्र्तराष्ट्रिय गैर सरकारी संस्था एन्साबको पहलमा यो उद्योगको स्थापना भएको थियो । कैलासमा रहेको विनायक पिमिडा“डा सामुदायिक वनमा आवद्ध २ सय ५० परिवारको सेयर रहेको यस उद्योगलाई एन्साबले त्यस समय पा“च लाख बरावरको उपकरण र प्रविधीमा अनुदान सहयोग गरेको थियो । त्यस यता यस उद्योगको संचालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पुर्वाधार निर्माण र नविनतम प्रविधीका उपकरण खरिद गर्नका लागि विभिन्न संघ संस्थाले एक करोड बराबरको सहयोग गरिसकेका छन ।


उद्योग खुले पछि जिल्लाको दुर्गम तथा आर्थिक हिसाबले समेत पिछडिएको पिमि गाउ“का स्थानियलाई उद्योगले ठुलो आर्थिक टेवा दिएको थियो । दिगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी संचालन गरिएको एसिया महादेश कै पहिलो सामुदायिक उद्योगको रुपमा यस उद्योगलाई ‘फरेस्ट स्टेवार्डसिप काउन्सील (एफएससी)’ २०६४ सालमा प्रमाणिकरण गरे पछि यसको चर्चा संसार भर भएको थियो । सफल सामुदायिक उद्योगको रुपमा चर्चा पाएको यो उद्योग हेर्न र सिक्नका लागि जिल्ला भित्र मात्रै नभएर हुम्ला, मुगु, जुम्ला, डोल्पा, दोलखा जिल्लाका उद्योगी र जनप्रतिनिधीहरु यहा“ पुगेका थिए । उद्योगको सफलताको प्रचार गर्न नेपाल, अमेरिका लगायतका देशबाट पत्रकारहरु, व्यापारीहरुले पनि पटक पटक यस उद्योगको भ्रमण गरेका थिए । प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सय भन्दा बढीलाई रोजगारी दिइरहेको यो उद्योग बन्द भए पछि यहा“ भएको लगानी मात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानिय बताउछन ।


कै उद्योग संचालन भए देखी हाल सम्म एन्साबले विभिन्न शिर्षकमा ५० लाख, जडिबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपाल कै जडिबुटीको कारोबार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले पा“च लाख, बहुसरोकारबाला वन कार्यक्रमले १३ लाख र स्थानियको श्रमदान गरी १ करोड भन्दा बढी रकम उद्योगमा लगानी भैसकेको भए पनि व्यवस्थापनको लापरवाहीले उद्योग धरासायी भएको उद्योगको स्थापना कालमा कर्मचारीको रुपमा काम गरेका स्थानिय गोविन्द कामीले बताए । ‘यो उद्योगले स्थानियलाई रोजगारी मात्रै दिएको थिएन । जिल्ला र देशकै इज्जत समेत बढाएको थियो’ उनले भने ‘आएको अनुदानमा आ“खा गाड्ने, उत्पादनको हिसाब किताव स्पष्ट नगर्ने र समुदाय भन्दा पनि सिमित व्यक्तीले मनोमानी फाइदा लिने प्रवृतीका कारण उद्योगको यो हालत भएको हो’
उद्योग संचालनमा रहेको बेला १० जनाले उद्योगमा प्रत्यक्ष रोजगारी पाएको, पुरुषहरु प्रदेशमा भएका महिलाहरुले पनि दिनमा ५÷७ सय रुपैया लोक्ता संकलन गरेर कमाउने गरेको उद्योगका अर्का संस्थापक कर्मचारी विजय सिंहले बताए । यस्तै लोक्ता तथा कागज ढुवानी गर्ने , दाउरा विक्री गर्ने लगायतका कामबाट यहा“का तीन सय भन्दा बढी स्थानियले आय आर्जन गर्ने गरेको बताउदै उनले उद्योग बन्द हुदा“ सिंगै गाउ“को आय आर्जनको मुख्य बाटो बन्द भएको बताए । ‘कतैबाट अनुदान आए पछि रकम पचाउन केही दिन उद्योग चलाए जस्तो गर्ने र अनुदान सकिए पछि बन्द गर्ने गरिएको छ’ उनले भने ‘सिंगै गाउ“को आयस्रोतको रुपमा रहेको उद्योग अहिले केही व्यक्तीको मागी खाने भा“डो जस्तो भएको छ’ ।

यहा“ उत्पादित नेपाली हाते कागज जापान, कोरीया, जर्मनी लगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । कागज विक्रीबाट भएको नाफा सेयर सदस्य घरधुरीलाई प्रत्येक बर्ष वितरण गर्ने नियम भए पनि एक पटक मात्रै त्यसो गरीएको स्थानिय बताउछन । ‘संचालन भएको दुइ वर्ष पछि एक पटक सेयरको आधारमा प्रति परिवार १ हजार देखी १० हजार सम्म रकम बा“ढेका हुन’ एक जना सेयर सदस्य ध्वज बहादुर सिंहले भने ‘त्यस पछि जसले जिम्मा पाए उसैले खाए । समुदायलाई एक सुको पनि दिएका छैनन । अहिले त उद्योग नै बा“झो भैसक्यो’
यता मालिका हाते कागज उद्योगका प्रवन्ध संचालक समेत रहेका जयपृथ्वी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गगन बहादुर सिंहले पनि व्यवस्थापनले ध्यान दिन नसकेका कारण उद्योग धरासायी भएको स्विकारे । ‘म वडा अध्यक्ष भए  “, तेता ध्यान दिन पाइन’ उनले भने ‘जिम्मा दिएका साथीहरुले इमान्दारीपुर्वक काम गरेनन । त्यसैले यस्तो भयो’ उनले पुर्न संचालनका लागि विभिन्न संस्थाहरुलाई सहयोग माग्ने काम भैरहेको बताउदै निकट भविश्यमै उद्योग पुर्न संचालनमा आउने बताए ।