नेपाल क्योकुशिन कराते संघको ट्रैनिङ कलास मंसिर सात गते बाट संचालन हुने

कोरोना भाइरस कोभिड १९ का कारण देश भर बन्द गरिएको नेपाल क्योकुशिन कराते संघको ट्रैनिङ कलास मंसिर ७ गते देखी सुरु हुने भएको छ ।

स्वास्थ्य सुरक्षालाइ अपनाएर मंसिर ७ गते बाट कोरोना भाइरसको प्रभावले बन्द भएका ट्रैनिङ कलास देशभर नियमित संचालनमा गर्ने KWF का केन्द्रिय अध्यक्ष तथा नेपालका ब्रान्च चिफ पुष्पलाल रोकाया ज्वालाले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ ।

KWF का देशभरका शाखाहरु बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका मेडलिष्ट खेलाडी उत्पादनका साथै आर्कषक कला प्रदर्शन समेत गर्दै आएको छ ।