खप्तडलाई नजिक बाट नियाल्दा

अफिलाल ओखेडा-उसोत खप्तड संग म अपरिचित ब्यक्ति हैन।बझाङमा यातायात सेवा सुबिधा नहुदा बझाङ बाट डोटी जानेक्र ममा पाँच पटक खप्तडको घोडा दाँउना पाटन को छेउ बाट ओहोर दोहोर गरेको हुँ।तर त्यति बेला को यात्रामा लामो हिडाई ओराली उकाली पिठ्युँ को भारी टाउकोमा भयको सिप्टोको कठिन यात्राले खप्तडको भित्रि भाग सम्मको सुगन्ध र सुन्दर्ता संग भौतिक उपस्थितिमा धेरै नजिक हुन पाएको थिएन जुन मेरा लागि अधुरो खप्तड थियो।

मलाई खप्तड हेर्ने धोको छ डेडी घुमाई दिनुन भनेर छोरा हिमालको बारम्बारको प्रस्ताव लाई यस पाली पूरा गर्ने प्रतिबद्धता गरेर हुन्छ बाबू भने।छोरा हिमाल,रोहित,सागर लाई घुमाउने सोच गरे।केहि अरु साथिहरु लाई पनि प्रस्ताव गरे तर समय मिलाउन सकेनन्।पत्रकार बसन्त प्रतापले जाने कुरा गरेर हिडेको बिहानै वाँहाँको खुट्टा मर्कियो।वाँहालाई छोड्न बाध्य भएर फोटो पत्रकार सत्यसिंह युवा उत्तम सिह संगै छ जना लाग्यौं खप्तडको यात्रामा।तमैलमा न्यायीक प्रतिष्ठानका केदार देवकोटा,पारस पौडेल,संजिव राई संग भेट भयो हाम्रो टोली नौ जनामा फैलियो।वाँहा हरले पनि हामिलाई भेटे पछि निकै खुसि ब्यक्त गर्नु भयो।जिप वाला शंकर रावल लाई मैले बेलुका नै बोलाएको हुँदा तमैल पारि अप्डेट थिए।जिपमा चढेर लम्तडा पुगियो।लम्तडामा मुकेश आग्री पनि पुग्नु भयो। होम स्टे संचालक शहिल रावल का बुवा कम्रेड हिरेन्द्र रावल लाई अगाडि नै खाना को जानकारी गराएको हुँदा खाना करिव तयार नै थियो।मिठो भोजन गरेर हामी लाग्यौ खप्तड तिर यहि कार्तिक २४ देखि २६ सम्म को यात्रा मा मैले खप्तडलाई देखेको,चिनेको र खप्तडले मलाई तानेको एउटा पात्रको हिसावले केही लेख्ने प्रयास गरेको छु।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला बझाङ,बाजुरा,डोटी अछाम को संगम मा अबस्थित खप्तड प्रकृतिको अनुपम उपहार भु स्वर्गको रुपमा अबस्थित छ।२२५ बर्ग किमि भुभाग ओगटेको खप्तड राष्ट्रिय निकुन्ज समुन्द्रि सतह देखि २४०० देखि २७०० मिटर उचाईमा फैलियको छ।बाह्र हजार फिटको उचाईमा रहेको खप्तड जैबिक बिबिधताले पनि भरिपुर्ण भर्जिन ल्यान्डको रुपमा परिचित छ।खप्तड लाई प्रकृतिको सर्बश्रेष्ठ प्राणी मानव शरीर संग दाँजेर हेर्दा जसरि मानव शरिरको लागि छाति महत्वपुर्ण अंगको रुपमा हुन्छ त्यसै गरि २२ वटा पाटन ले पृथ्वी को छातिको झझल्को दिन्छ।५३ वटा थुम्का (झोती )ले जीवनका उतार चढाव साथै अंग प्रत्यंगको स्मरण गराउछ।कोणधारी बोट बिरुवाले आकास छुने ईच्छा शक्ति जगाउछ।हरेक प्रकारका जडिबुटी ले ज्यान जोगाउने औषधि बिज्ञान को परिकल्पना दिन्छ।घाँसे मैदान ले रौं को याद दिलाउछ।दलदल युक्त जमिनले पेट जस्तै लचकदार अंग साथै अति महंगो कार्पेटको आनन्दित गराउछ।त्यति मात्र हैन खप्तड लाई मानव शरीर का थप अंग संग दाजेर हेर्दा खुट्टाको लागि खुट्किला छ।हातका लागि हँगाउसो छ।कानका लागि कारुणिक सुचना छ।नाकका लागि सुगन्धित बासना छ।जिब्रोका लागि जिबात्माको स्वाद छ।छालाका लागि छाहारी शितल छ।मनका लागि मोहनी महल छ।मुटुका लागि मायावी तरंग छ।दिमाग का लागि दर्शन छ।सिंगो शरिरका लागि स्वस्थता सहितको शक्ति छ।त्यतिमात्र हैन बालबालिका का लागि बगाउने पबित्र गंगा जस्तै छ।युवा युवती का लागि उठाउने उमंग छ।बृद बृद्धाका लागि बिसाउने चौतारी सहितको आश्रम छ।प्रकृति प्रदत्त नाग ढुंगा,सहस्रलिंग,केदारढुंगा,खप्तड दह,माईका थान,गणेशमन्दिर,त्रिबेणी जस्ता ऐतिहाँसिक,पौराणिक,धार्मिक प्रतिबिम्बका संरचना हरु प्राकृतिक हुनकि कृतिम कौतुहलता जागेर आउन्छ।साथै कस्ले,किन,कहिले,कसरी के कारणले निर्माण गरेका हुन थप अध्ययन अनुसन्धान को कौतुहलता जागेर आउछ।खप्तड बाबाले तपस्याका लागि किन खप्तडनै रोजेर पाँच दशक तपस्या गरे।तपस्याकै क्रममा खप्तड बाबाले प्राप्त गरेको ज्ञान र उनले लेखेका किताव किन ज्ञान बिज्ञान महत्वका बने सोचनिय बिषय छ।खप्तड मा बसोबास गर्ने प्राणी जगत त आफैमा गरिमा छ।मैले दुई मिटर लम्बाई दुई मिटर चौडाईको भुगोल मात्र हेर्दा करिव सय प्रकारका प्रजातीका घाँस देख्दा जैब सक बिबिधताको बयान गरि साध्य छैन।

खप्तडमा गर्नु पर्ने थप कार्यहरुः

(खप्तड प्राकृतिक दृष्टिकोणले जति भरिपुर्ण छ प्रकृतिप्रेमिका लागी त्यति नै आनन्दित छ।त्याँहा फुल्ने हजारौ प्रकारका फुलहरुले मुस्कान छोडेको हुन्छ।सयौ प्रकारका लाली गुँरास ले लालिपप दिन्छ।कोण धारी रुख हरुले विभिन्न कल्पना गराउन्छ।जति घुम्यो तेति आनन्द आउन्छ।तथापी प्राकृतिक सौंन्दर्यता त छदै छ कृतिम ढंगले पनि केही पुर्बाधार निर्माण गर्नु पर्ने देखिन्छ।खप्तडको त्रिबेणि मा ठुलो ताल बनायर मन्दिर लाई तालको बिचमा राख्नु पर्दछ।वरपर सबै धर्मका प्रतीक हरु को स्थापना गर्नु पर्दछ।जस्ले गर्दा सबै धर्मावलम्बिहरुको आकर्षणको केन्द्र बन्ने छ।उक्त तालमा डुंगा चलाउने ब्यबस्था गर्नु पर्दछ।चारै जिल्ला को बेस केम्प सम्म सडकको ब्यबस्था गर्नु पर्छ।तर खप्तडमा सडक पुगाउने सोच राख्नु हदैन।आन्तरिक बाटा हरु पिसिसि युक्त बनाउनु पर्छ।बस्न खान का लागि थप होटेलको ब्यबस्था गर्नु पर्दछ।चारवटै नाका मा होमस्टे को बिकास गर्नु पर्दछ।

चार वटै नाकाको बेसकेम्प देखि खप्तड सम्म घोडेटो बाटो निर्माण गर्ने र घोडा ब्यबसाय अप्नाउने प्रबन्ध गर्नु पर्दछ।खप्तड राष्टिय निकुन्जका कर्मचारी हरुले नियमित खप्तड बस्नु पर्ने देखिन्छ ताकि सिलगढी मा बस्ने र तलव खाने परिपाटी को अन्त्य गर्नु जरुरी छ।खप्तड पर्यटन क्षेत्र बिकास समितिलाई गठन गरेर कामकाजी बनाउनु पर्दछ।नेपाल पर्यटन बोर्ड बाट बिनियोजित रकम पाँच करौडमा करिव ६५ ब्याडको निर्माणाधिन होटेल छिटो भन्दा छिटो निर्माण गरेर संचालनमा ल्याउनु पर्दछ।धौली छडा खप्तड अन्डरग्राउन्ड बिद्धुत लाईन निर्माण गर्ने कार्य छिटो छरितो सम्मपन्न गर्नु पर्दछ।

खप्तड घुम्ने सिजनः

खप्तड बारै महिना घुम्दा पनि उत्तिकै रमाईलो हुने गरेको भयता पनि विशेष गरि तिनवटा सिजन उचित देखिन्छ ।हिउँ पर्ने समय सेताम्म सिजन।लाली गुराँस फुल्ने समय चैत बैसाख रेड सिजन।फुल फुल्ने समय जेठअसार हरियाली रहने बैसाख देखि असोज सम्म को हरियाली सिजन को समय अति उत्तम मान्न सकिन्छ।

अन्तमा हरेक प्रकृति प्रेमिले एक पटक भए पनि भ्रमण गर्नु पर्ने भु स्वर्ग भुमि रहेको अनुभूति भयको छ। भ्रमण गर्दा सहयोग गर्नु हुने खप्तड राष्टिय निकुन्जमा बरिष्ट ज्ञाम स्काउट हिमाल कठायत,मध्यवर्ती क्षेत्र बिकास समिति का अध्यक्ष राम प्रसाद जोशी,क्याप्टेन प्रदिप चन्द लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु।भुस्वर्गको आनन्द छ जय खप्तड् भुमि।

प्यास् मेटाउन जरुरी छ खप्तड् क्षेत्र घुमि।

लेखक : संविधान सभाका सदस्य हुन ।