बझाङमा प्रहरीको सक्रियता

 बझाङ –बझाङ जिल्लामा प्रहरीको सक्रियता बढेको छ । पछिल्लो समय चाडपर्वको बेला हुने नराम्रा गतिविधीहरुलाइ निराकरण तथा कम गर्नका लागी बझाङ प्रहरीले सक्रियता बढाएको छ । चाडपर्वलाइ मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले पटौका , जाँड ,रक्सि , जुवा तासलाइ न्युनिकरण गर्न प्रहरी सक्रिय रुपमा लागी परेका जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खड्काले बताउनु भयो ।
सोमबार माबै जिल्ला प्रहरी कार्यालय बझाङ बाट खटि गएको प्रहरी टोलीले कृर्षि विकास बैङ्गको माथिल्लो तला तथा शेर बहादुर बोहोराको घरमा जुवा खेली रहेको अवस्थामा सात जनालाइ प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा मष्टा गाउँपालिकाका २५ बर्षिया दिपक रोकाया , मष्टा गाउँपालिका ३ का बर्ष ३५ का पुरन धामी , सुर्मा गाउँपालिका २ का २५ बर्षिया टोप बहादुर बोहरा ,जयपृथ्वी नगारपालिका ९का २६ बर्षिया देवेन्द्र खड्का , मष्टा गाउँपालिका १ का बर्ष ४० राजेन्द्र खड्का, छविस पाथिभेरा गाउँपालिका २ का ५० बर्षिया विर बहादुर मन्डेल , बुंगल नगरापालिका ९ का ६० बर्षिया शेर बहादुर बोहोरा १ लाख ६२ हजार ३ सय ३० रुपैयाँ सहित जयपृथ्वी नगरापालिका १० चैनपुरको शेर बहादुर बोहोराको घरमा तास खेलीरहेको अवस्थामा प्रकाउ परेका छन ।
प्रकाउ परेका सातै जनालाइ जुवा ऐन अनुसार काबार्ही हुने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा इनिस्पेक्टर नरेन्द्र सिंह कार्कीले बताउनु भयो ।