सियोना श्रेष्ठको उपचारका लागी सोनीकाले गरिन ३५ हजार सहयोग

अर्थजंङ्ग शाही – बझाङ – बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (-SPINAL MUSCULAR ATROPHY -SME-1) रोगसँग लडिरहेकी सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले विभिन्न संचार माध्याममा बताए पछी सोनिका रोकायाले १५ हजार पैसा सियोनाको उपचारको लागी उठाएको रकम र २० हजार व्यक्तिगत गरि जम्मा ३५ हजार रुपैयाँ सहयोग गरिकि छन ।

सियोनाकी आमाका अनुसार आफ्नो छोरी सियोनाको उपचारको लागी करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको बताउनु भयो । यस रोगको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाकी आमा एलिनाले जानकारी गराएकी छन् ।
छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ ।

यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोनाकी आमा–बुबाको भनाइ छ । छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएको उनीहरुको गुनासो छ । हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जानकारी गराएका छन् ।

यसैक्रममा सियोनाको उपचारको लागि सहयोगी हातहरुलाई सहयोगको अपील पनि गरिएको छ । जसको लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, परासी ब्राञ्चमा सहयोग गर्न अपील गरिएको छ । साथै, सियोना श्रेष्ठकी बुबा सन्दीप श्रेष्ठलाई ९८४७२०६४६६ मा सीधा सम्पर्क गर्न सकिने छ ।