हाकिमकी फरिया

हो, तिमी सुन्दर थियौं, उमेर थियो, रुप थियो र सँगसँगै यौवनको उत्माद पनि । त्यसमा कोही कसैको दोष छैन र हुनु पनि हुँदैन । चेतना र संस्कार पनि नभएको कहाँ हो र, पढाइमा व्याचलर तिमी संकारमा पुरेतकी नातिनी । घरमा माछामासु चलेन, चुलोमा केटाकेटीले छोएको चलेन । एकादशीमा कथा सुन्ने र बिहान बिहान तिम्रा हजुर बा र बाबाले पढेको चण्डी र रुद्रीका श्लोक कुनै भब्य सप्ताह भन्दा कम भएनन् । तर तिमी आज कहाँ छौं र कुन हैशियतामा छौं तिम्रै मनले बोलेको छ, तिम्रै रुपले तिमीलाई पोलेको छ ।

याद छ ज्योति, (नाम परिवर्तन) तिमी र तिम्रो परिवार अनी समाजले दिएको संस्कार अनी स्नेह ? किन भुल्यौ र किन चुक्यौ ? शहरमा तिमीजस्ता अन्य चेलीहरुपनि छन् । तर तिमीजस्ती मैले देखेको थिएन तर आज जे देखेको छु अरुभन्दा फरक देखेको छु र तिम्रो व्यवहार सुनेको छु ।

२०७३ सालको सालको दशैंमा काठमाडौं फर्किदा तिम्रै बुबाले मलाई मेरो छोरी पनि काठमाडौं बसेर पढ्ने अव संगै लैजाउ हैं, साह्रै सोझि छ भन्दै गरेको अनुनय र तिमीसँगै राजधानी रात्री बस चढेर आएको समय मलाई हिजो जस्तो लाग्छ । हो आज त्यो दिन छैन तर विगत पनि वर्तमान र भविष्यमा मार्गदर्शक बन्न सक्छ । कति शालिन, लजालु र गम्भीरकी तिमी थियौं मेले वयान गर्नु पर्दैन तर आज छैनौं र ओली कसैले देखेको छैन । काठमाडौंको बसाँई र फेरिने चोलीले सबैलाई छुन्छ तर तिमीलाई जस्तो कसैलाई छोएन र नछोओस् कामना ।

करिव १ वर्ष तिमी र म धेरै नजिक थियौं, क्याम्पस भर्नादेखि लिएर, डेराको बन्दोबस्ती र सबै चाजोपाँजो मेरै काँधमा थियो । जसले हामी थप नजिकियौ, आत्मियता साट्यौं, र केही सानो दुःख पर्दा रुने मेरै काख बन्यो, हरेका निर्णय र सहकार्य हामीबीच भयो, यसमा न तिम्रो न मेरो ने दोष । तर आज तिमी तिमी रहिन्यौं, त्यो मा झर्यो । आज कहाँ पुग्यौं र तिम्रा सम्बन्धहरु कसरी बढे न मलाई सुनायौं न त परिवारलाई नै ।

याद छ, ज्योती, १ वर्षमै तिमीमा कति परिवर्तन आयो, गाउँले भाषा तिमीबाट हरायो, परिवारलाई पुरातन शैलीले देख्न थाल्यौं, अनी मलाई गाउँको दाइको नारा । यसमा मेरो केही पनि आपत्ति हैन तर बैसले सम्बन्ध टाठा बनाउन यस्तै परिचय नै दिन्छन् भन्ने सुनेको छु र यसलाई सामान्य नै लिन्छु । तर परिवारले अपमानको महशुस गरेको छ जव तिमी २०७४ सालको दशैंमा घर गइनौं र अफिसमा जागिर गर्छु बिदा मिलेन भन्दै बस्यौं ।

गाइगुई नचलेको होइन तर विश्वास गरिएन किनकी तिमी त्यस्ती थिइनौं र छैनौं भन्ने विश्वास थियो । सुनेको थिए कुनै कम्पनीमा रिसेप्सनमा काम गछ्यौं रे । तिमीले भनिनौं तर तिम्रैबाट थाहा पाए र तिम्रो बुबा महेश्वर (नाम परिवर्तन) सुनाए । पढ्न गएकी छोरी किन पढाई पुरा नगरी जागिर सुरु गरिछे । के अपुग थियो र अहिले पढाई बिग्रिने भो भन्दै गुनासो थियो तिम्रो बुवाको । तर मैले सम्झाएको थिए र सम्झीएका पनि थिए तर आज त्यो दिन छैन जुन काम तिमिले गर्यो र परिवारलाई भन्न र सम्झाउन सहज होस् र सम्झाउन नै सक्छु ।

तिमीले काम गरेको पद, अफिसका हाकीमले परिवार र साथिहरुबाट टाढा बनाएको कुरा तिमीले याद गरिनौं जुन कुरा तिमीसँगै काम गरेकी साथि सुमिना (नाम परिवर्तन) सँग अचानक बानेश्वरमा भेट भो र त थाहा पाए तिम्रा आचरण र वर्तमान पीडा । अचानक सडक पेटीबाट दाई नमस्ते भन्ने शब्दसँगै रोकिएकौ मैले, तिम्रो बारेमा धेरै कुरा सुने अनि पीडासँगै घृणा पनि जाग्यो ।

तिमी रुप प्रस्तुत गरेर जागिर गरेकी रहिछौं, तन बेचेर मन साटेकी रहिछ्यौं, हाकिमको स्पर्शमा पैसा साटेकी रहिछ्यौं अनी ओछ्यान साटेर, गाडी चढेकी रहिछ्यौं, फरिया उचालेर हाकिमले स्वार्थ साट्दा मख्ख परेर जोवानी सुम्पिएकी रहिछ्यौं ।

उमेरले म भन्दा ३ महिना कान्छी तिमी, तिम्रा संगिका बिहे भए, बालबच्चा भए तर तिमी उन्मातले मात्तियौं, हाकीम बाहेक केही देखिनौं । दशैंमा हाकिमले दिएको २० हजार हातमा थमाउदा परिवार बिर्सियौं, हाकिमको अंगालोमा बेरिदा भविष्य देखिनौं र त आज तिमी सबैभन्दा टाढा छौं । सुनिमा थप्दै थिई, जव हाकीमले बिस्तारै अरु हाकिमलाई तिमीलाई पैचो दिन थालेपछि बल्ल साथिहरुलाई सुनाउन थाल्यौं रे तर ढिलो भयो ज्योती अव उही ज्योती भै बल्न ।

यो सबै कुरा तिमीले मसँगै भेट हुदा सुनाउन भनेकी रहिछौं र तिम्री साथिले सुनाइन्, तिमीलाई म अनी तिम्रो परिवारको त्यो बेला कुनै वास्ता भएर अहिले आएर बल्ल खोज्दैं छौं ।

अव त अनुहारको छालापनि चाहुरिन थाल्यो, नितम्बहरुले पनि ठाउँ छाडिसके, हातका नसाहरुपनि बाहिरबाटै स्पष्ट देखिन थाले, अनी त्यो शरीर दुई शन्तानकी आमाको जस्तै देखिन थाल्यो जुन कुरा माइतीघरमा शनिबारको दिन तिम्रै दाजुभाई र म लयाएतले देखेका थियो । जुन कुरा तिम्रै आन्टी पर्नेले बोल्दै हुनुहुन्थ्थ्यो । जुन घरमा तिमी २ बर्षदेखि जान छाडेकी थियौं ।

जुन समय तिमीलाई मार्गदर्शन र उचित माया चाहिन्थ्यो, परिवार, आफन्त र आफ्ना चाहिन्थ्यो त्यो वेला हाकिम र वैशले उच्छार दिएन र अहिले साहारा खोज्दै छौं भन्ने पनि सुने तर न परिवारको सम्पर्कमा छौं न त आफन्तको नैं ।

तिम्रो फेसबुक हेर्ने प्रयास गरे तर कतैपनि असली रुप अनी आफ्नो परिचय खुल्ने ठेगाना भेटिन, नाम पनि हाकिमकी प्यारी मान्छे रे ।

जे भएपनि तिमी मेरो मनकी मान्छे हौं अनी परिवारको लागि आशा । एक्ली सन्तान तिम्रो परिवार अझै बाटोतिरै आखाँ डुलाएर तिम्रौ प्रतिक्षामा छ । सम्पर्कमा आउ । अव मेरो लागि समय घर्कीसक्यो आफ्नै बनाएर राख्न, तर असल काम र उहि पुरानै संकार दिएर पारिवारीक मिलन गराइदिने छु । इज्यत र वैंश त फर्किइदिन नसकुला तर त्यो हाकिमको चंगुल र तिम्रो खुशी फर्काइदिने कोशिष गर्नेछु । जे भयो लाज नमान अव पनि राम्रो बाटोमा लाग्न सकिन्छ अरुलाई चेतना दिन सकिन्छ । फर्क आव त्यो बाटोबाट अनी सम्हाल बाँकी जीवन । साभार Samaya Hub.com