जिल्ला अस्पतालका कर्मचारीमा कोरोना पोजेटिभ देखि पछी आकस्मिक र प्रसुति बाहेकका सबै सेवा बन्द

सत्यराज सिंह -बझाङ-  जिल्ला अस्पताल सिमखेत बझाङका कर्मचारीमा कोरोना पोजेटिभ देखि पछी आकस्मिक र प्रसुति बाहेकका सबै सेवा बन्द गरिएको छ ।

जिल्ला अस्पताल सिमखेतको विभिन्न फाँटमा कार्यरत सात जना स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिए पछी अस्पतालबाट दिइने सेवाहरु बन्द गरिएको डा. सन्दिप ओखेडाले बताउनु भयो ।

कोरोना संक्रमितको दर अझै बढ्न सक्ने अवस्था देखिएकाले स्वास्थ्य सुरक्षाका दृष्टिकोणले अर्को व्यवस्था नभए सम्मका लागी अस्पतालबाट प्रवाह गरिने आकस्मिक र प्रसुति बाहेकका अन्य सेवा बन्द गर्दा सेवाग्राहिहरुमा परेको असरलाइ लिएर अस्पतालले सेवा दिन नसकेकोमा क्षमा समेत मागेको छ ।