पर्यटन र हाईड्रो पावरमा लगानी गर्न प्रभु ग्रुपको स्थलगत भम्रण

बझाङ –  सुदूरपश्चिम क्षेत्रमा पर्यटन र हाईड्रो पावरमा लगानी गर्न काठमाडौमा रहेको प्रभु ग्रुपको एउटा टोली बझाङ पुगेको छ ।

टोलिले सुदूरपश्चिमको पर्यटकीय स्थल खप्तड र बझाङको हाईड्रापावरको सम्भावना भएको स्थल साईपालमा स्थलगत भ्रमण गरेको हो । टोलिले खप्तडमा गेस्टहाउँस बनाउने सम्भावनाको अवस्था बुझबिस्तार गरेका थिए साईपाल गाउँपालिकाको सेती र घाँटगंगा खोलाको दोभान स्थलमा हाईड्रो पावर बनाउने सम्वन्धमा स्थलगत निरीक्षण र बुझबिस्तार गरेको हो ।

प्रभुको टोलिले सदरमुकाम चैनपुरमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला संग बझाङमा हाईड्रोपावरको सम्भावना र निर्माण सुरू हुन लागेका हाईड्रो परियोजनाहरूको जानकारी गराएका हो । प्रभु ग्रुपले साईपाल गाउँपालिकाको न्युनामा २ सय १६ मेघावाटको निर्माण हुन लागेका अपरसेती हाईड्रोपावरको सर्वे र सम्भावना अध्ययन गरेका थिए ।

टोलिमा प्रभु ग्रुपका संञ्चालक बिनोद शेरचन र सुभास अमात्य रहेका थिए,साथै नेप्सेका सिओ चन्दसिहं साउँद सहित ईन्जिनियरको टोली रहेका थिए । ‘बझाङ जिल्ला जलविद्युत उत्पादनका लागि धेरै सम्भावना भएको जिल्ला हो’ समाजसेवी झलक कठायतले भने । ‘यहाँ लगानीका लागि सबैले चासो देखाएका छन् । यसका लागि जिल्लाका सबै सरोकारवालाहरूको साथ सहयोग आवश्यक छ ।’