नगरपालिकाको केन्द्रमा विधुत र टेलिफोन सेवा प्रवाभकारी नहुनु लाजमर्दो : ऐन महर

बझाङ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले बुगल नगरपालिकाको स्थानीय सरकारले जनतालाई गुमराहमा राखेको बताउनुभएकाे छ ।

नगरपालिका हुन लागि आवश्यक सामान्य मापदण्ड नभई घोषणा गरेको नगरपालिकामा स्थानीय सरकार निर्वाचित भएको तीन वर्ष पुग्न लाग्दा पनि नगर सरकार जनताका मागप्रति उत्तरदायी नभएको जिकिर गर्नुभयो ।

नगरपालिका भएर पनि अझैसम्म नगरपालिकाको केन्द्रमा विधुत र टेलिफोन सेवा प्रवाभकारी नहुनु लाजमर्दो भएको भन्दै नैतिकताको आधारमा बुङगल नगर सरकारले जनतासँग सार्वजनिक रुपमा माफी माग्नु पर्ने समेत संयोजक महरले बताउनु भयो ।

संयोजक ऐन महर घरदैलो अभियान सकाएर मंगलबार राजधानी फर्किनुभएकाे । दशैँको टिका थाप्न बझाङ आइपुग्नु भएका महरले दशैंको टिका थापेर केही दिन बझाङका बिभिन्न स्थानिय तहमा घरदैलो अभियान  गर्नुभएकाे थियाे ।

घरदैलो अभियानका क्रममा संयोजक महर बुङ्गल नगरपालिका, छविसपाथिभेरा गाँउपालिका, सुर्मा गाँउपालिका, तल्कोट, मष्टा लगायतका स्थानिय तहमा गएर महरले विद्यार्थी संगठनका योजेन्डा र विद्यार्थीहरुका समस्याको बारेमा जानकारी लिनुभएको थियो ।

अभियान कै क्रममा महरले बुङ्गल नगरपालिकाको त्रिवेणी आर्दश बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा संयोजक महरले नेपाल एक बहुभाषी, बहुधार्मिक, बहुसंस्कृतिको साँझा चौतारी भएकाले विभिन्न चाडपर्वहरुले समुदायमा धार्मिक सह अस्थित्व, सदभाव र भाइचाराको सम्बन्ध कायम राखेकाले संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताले विशेष भूमिका खेल्नुपर्ने बताउनु भएको थियो ।

पछिल्लो समयमा चाडपर्वको नाममा भड्किलो खर्च हुने गरेको भन्दै आफुसँग जे छ त्यसैमा रमाउन सिक्नुपर्नेमा उहाँले जोड
दिनु भएको थियो ।

सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै महरले चाडपर्वले समुदायमा सामाजिक सदभाव र एकता कायम गरेको बताउनु भयो । जिल्लाका विभिन्न स्थानीय तहहरुमा घरदैलो अभियान गरेर संयोजक महरले भेटघाट तथा समुदायको समस्याका बारेमा  छलफल गरेको अनेरास्ववियु बझाङका संयोजक प्रविन्द्र धामीले बताउनुभयो ।