सुदुरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको विकासका लागी ३ करोड रुपैयाँ छुट्यायो

बझाङ । भु–स्वर्गको नामले परिचित खप्तड राष्टिय निकुन्जलाइ पर्यटकिय हब बनाउनेमा आफु लागी परेको सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बताउनु भएको छ । बडाकोट बयानामा गरिएको दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभामुख थापाले खप्तडलाइ पर्यटकहरुलाइ बस्न तथा घुमघाम गर्नको लागी सहज बाटो र खानबस्नको लागी ब्यवस्थापनको लागी सुदुरपश्चिम प्रदेश सरकार लागी परेको बताउनु भयो । साथै केहि बर्ष देखि रिक्त रहेको खप्तड क्षेत्र पर्यटन विकास समितिलाइ पनी पुर्णता दिनका लागी सहकार्य समेत गरिरहेको र  खप्तडको पर्यटन प्रवद्र्घनका लागी जोड दिनुका साथै यस बर्ष पनी  सुदुरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको विकासका लागी ३ करोड रुपैयाँ समेत छुट्याइएको बताउनु भयो ।

यता लामो समय देखि खप्तड क्षेत्र पर्यटन विकास समिति गठन नहुँदा खप्तड क्षेत्रको विकास हुन नसकेको र चाँडै नै राजनिति कार्यक्रता भर्ति गर्नु भन्दा पनी खप्तड र पर्यटन क्षेत्रलाइ बुझेको दक्ष र सक्षम ब्यक्तिहरु समितिमा आउनु पर्ने पर्यटन अभियान्ता किशोर खड्काले बताउनु भयो । साथै पछिल्लो समयमा खप्तड घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बढ्दै गएको देखिन्छ । खप्तडमा २२ पाटन , खप्तड बाबाको कुटि , त्रिवेणी धाम लगाएत त्यस ठाउँबाट बझाङ जिल्लामा रहेको साइपाल हिमालको दृश्य समेत नजिकबाट देख्न सकिन्छ ।