बझाङ पत्रकार महासंघलाई दशैमा बोनस्ः महासंघ कार्यकर्ता र आफन्त भर्ति केन्द्र बनाएको भन्दै जिम्मेवार तिन जनाद्धारा पदबाट राजिनामा

बझाङः नेपाल पत्रकार महासंघ जिलला शाखा बझाङलाई दशैँको मुखैमा आएर बोनस् मिलेको छ । लामो समयदेखी प्रेस संगठन नेपालले महासंघमा  राजनितिक दलका कार्यकर्ताहरुको साधारण सदस्यता समेत खारेज गरी पत्रकार महासंघ सद्धिकरण गर्ने पर्ने माग राख्दै आएको थियो । उल्टै नेपाल पत्रकार महासंघले बिना सल्लाह पुरानै प्रवृतीलाई दोहोर्याउदै आसेपासे र कार्यकर्ताहरुको नया सदस्यताका लागी सिफारिस गरेको भन्दै प्रेस संगठन बझाङले महासंघमा रहेका तिन जना जिम्मेवार पदमा रहेका ब्यक्तिहरुलाई फिर्ता बोलाएको छ । संगठनले आफ्ना सदस्यलाई फिर्ता बोलाएपछि महासंघको जिम्मेवार पदमा रहेका उपाध्यक्ष सम्राट सिंह, कोषध्यक्ष राजेन्द्र बहादुर सिंह र सहसचिव सुवास कठायतले बिहिबार सामुहिक राजिनामा दिएका हुन् । .

आफुहरुले कार्यकर्ता र आफन्तहरु भर्तिभएको महासंघलाई सुद्धिकरण गरी बिशुद्ध पत्रकाहरुको छाता संगठन बनाउने माग अघाडी सार्दा पत्रकार महासंघमा प्रेस युनियनबाट निर्वाचित भएर कार्यसमितीमा रहेका अन्य सदस्यले कुनै चाँसो नदेखाएपछि आफुहरुले साुमहिक रानिमा दिएका नेपाल पत्रकार महासंघका का तिने जना पदाधिकारीले भने “नेपाल पत्रकार महासंघमा पत्रकारभन्दा कार्यकर्ता धेरै भएपछि आफुलाई पत्रकार महासंघको कार्यसमितिमा छौ भन्दा पनि लाज लाग्ने अवस्था आएपछि हामीले कार्यसमितिको जिम्मेवारीबाट सामुहिक राजिनामा दिने निर्णय गरेका हौ ।”


कार्यकर्ता र आसेपासेको भर्तिकेन्द्र बनाएको र यस्तो कार्यलाई सुधार्नभन्दै प्रेस संगठन नेपाल बझाङले नेपाल पत्रकार महासंघ बझाङकाृ कार्यालयमा तालाबन्दी पनि गरेपछी महासघभित्र बिबाद उत्पन्न भएको हो । बिबादलाई समाधान गर्नभन्दै नेपाल पत्रकार महासंघले प्रेस संगठन र नेपाल पत्रकार महासंघले बिबाद समाधान समिति पनि बनाएको थियो । तर बिबाद समाधान समितिी यस बिषयमा कुनै टुङ्गो लगाउन नसकेपछि उक्त समितिपनि बेकामे बनेको थियो । महासंघको कार्यालयमा तालाबन्दी भएको ३८ दिन भईसक्दा पनि समितीले पनि कुनै टुङ्गो लगाउन नसक्दा र महासंघ गैर पत्रकारहरुको साधारण सदस्यता खारेज गर्नुको सट्टा उल्टै पेलेर जान खोजेपछि प्रेस संगठन नेपाल बझाङले नेपाल पत्रकार महासंघ बझाङ शाखाको जिम्मेवार पदाधिकारीहरुलाई महासंघको जिम्मेवारीबाट फिर्ता बोलाएको छ । पे्रस संगठन बझाङ अव आगामी दिनहरुको आन्दोलनका बारेमा दशैँ सकिए लगत्तै बैठक बोलाई निर्णय गर्ने प्रेस संगठन बझाङका अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो ।