विश्व बालिका दिवसको अवसरमा रेडियो सम्वाद कार्यक्रम

रिदम सिंह, बझाङः रहेक बर्षको अक्टुवर ११ तारिखका दिन मनाईने बिश्व बालिका दिवसको अवसरमा रेडियो खप्तड आवाजले रेडियो सम्वाद गरेको छ । बझाङमा संञ्चालित रेडियोले फाया नेपाल धनगढीसँगको सहकार्यमा उत्पादन गरेको रेडियो सम्वाद जिल्लाका दुईवटा रेडियो खप्तड आवाज र रेडियो केदार एफ एमबाट प्रसारण गरेको हो । कार्यक्रम उत्पादनमा आर्थिक तथा पविधिक सहयोग भने संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिए) रहेको थियो ।
जिल्लाका दुई स्थानिय तह जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्री र छविसपाथिभेरा गाँउपालिका उपाध्यक्ष राधिका रतालाले बालबालिकाको पक्षमा स्थानिय तहले गरि रहेका काम र आगामी दिनहरुमा के गर्न सकिन्छ भन्ने बारेमा आफ्नो धारण राख्नु भएको थियो । यस्तै बुङ्गल नगरपालिकाकी किशोरी अघुवा रमिता सिंह, खप्तड छान्ना गाँउपालिका की किशोरी अघुवा शिल्पा सुनारले बालिकाह पछिल्लो समय असुरक्षित बन्दै गएको र बालिकाहरुका लागी केही बिशोष कार्यक्रमहरु स्थानिय तहले ल्याउनु पर्ने बताएकी थिईन ।
आगामी बर्षबाट पालिकाले बालिकाहरुको क्षमताको बिकास, रोजगार मुलक कार्यक्रम र अन्य चनचेतनामुलक कार्यक्रम ल्याउने छविस पाथिभेरा गाँउपालिका उपाध्यक्ष राधिका रहतालाले बताउनु भयो । त्यस्तै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले नगरपालिकाले महिला तथा बालबालिकाका लागी बार्षिक रकम छुट्याउने गरेको भएपनि उक्त रकम प्रयाप्त नहुने भन्दै आगमी बर्षबाट कार्यक्रमलाई परिणममुखी बनाउनलाई थप बजेटको ब्यबस्था गर्न पहल थाल्ने समेत बताउनु भएको थियो ।