बैतडीमा इन्सपेक्टरसहित ५ प्रहरीमा कोरोना पुष्टि

बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक ९इन्सपेक्टर० सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायव निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान रहेका छन्। संक्रमण पुष्टि भएका सबै हाल क्वारेन्टाइनमा रहेका र आइसोलेट गर्ने काम भइरहेको डिएसपी अधिकारीले बताए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।