अरिङ्गालले टोक्दा एक बालकको ज्यान गयाे

बझाङ – बुङगल नगरपालिकामा अरिङ्गालले टोक्दा  एक बालकको ज्यान गएको छ । अरिङ्गालले टाेक्दा  बुङगल नगरपालिका वडा नं ४ डिलका पदम ओखेडाका १० बर्षिय छाेरा प्रभाकर ओखेडाकाे ज्यान गएको हो । बुधबार साँझ घर नजिकैकाे खेतमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियाे । अरिङ्गालले टोकेर घाईते भएका ओखेडाकाे गएराती नै मृत्यु भएकाे मृतकका आफन्त शुरेस ओखेडाले बताए ।  अरिङ्गालले टोकेर घाईते बालकलाई स्थानिय मेडीकलमा प्राथमिक उपचार गरिएकाे थियाे ।