बुङगल नगरपालिकाको खिरातडीमा १५ सैयाको अस्पताल बन्दै

बुङगल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीको स्तरोन्नति हुने, १५ सैयाको अस्पताल बन्दै बझाङ– बझाङका ४ सहित सुदुरपश्चिमका ४४ वटा स्वास्थ्य चौकीको स्तरोन्नती हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार सुदुरपश्चिमका ९ जिल्लाका ४४ वटा स्वास्थ्य चौकीको स्तरोन्नति गरिने भएको हो । बझाङको बुङगल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकी खप्तडछान्ना गााउपालिकाको छान्ना स्वास्थ्य चौकी साईपाल गाँउपालिकाको काँडा स्वास्थ्य चौकी र छविसपाथीभेरा गाँउपालिकाको चौघनपाटा स्वास्थ्य चौकीको स्तरोन्नती हुने भएको हो।

बुङगल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकी १५ सैयाको अस्पताल निर्माणका लागि र छबीस पाथिभेरा गाउँपालिकाको चौघनपाटा स्वास्थ्य चौकी, खप्तडछान्नाको छान्ना स्वास्थ्य चौकी, सैपालको काँडा स्वास्थ्य चौकीमा १० सैयाको अस्पताल निर्माण हुने भएको छ । बझाङका ४, कैलालीका ४, अछाममा ४, डोटीका ६, बाजुराका ७, कञ्चनपुरका ६, बैतडीका ६, डडेल्धुरामा २ र दार्चुलामा ५ गरी सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ४४ वटा स्वास्थ्य चौकीको स्तरोन्नती हुने भएको हो।मन्त्रालयले स्थानीय तहमा पाँच शैयाको अस्पतालको भवन निर्माणका लागि ७० लाख, १० शैयाको अस्पतालको भवन निर्माणका लागि ८५ लाख र १५ शैया अस्पतालको भवन निर्माणका लागि एक करोड रकम निकासा गरेको जनाएको छ।