२० दिन सम्म पनी खुलेन पत्रकार महासंघ बझाङको कार्यालयमा लगाएको ताला

सत्यराज सिंह, बझाङ : नेपाल पत्रकार महासंघ बझाङ शाखामा ताला लगाएको २० दिन सम्म पनि खुलेको छैन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले भदौ २८ गते सिफारिस गरि सदस्यता थप को लागी पठाएको निर्णय र सदस्यता थपमा परेका ब्यक्तिmहरुको लिष्ट प्रर्ति प्रेस संगठन नेपाल जिल्ला शाखा बझाङले आपत्ति जनाउदै भदौ ३० गते लगाएको ताल अझै खुल्न सकेको छैन ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रदेशबाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुको नामसहित सिफारिस गर्न भनि परिपत्र आएकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैरपत्रकारहरुको सदस्यता सिफारिस गरेको भन्दै प्रेस संगठन नेपाल जिल्ला शाखा बझाङले आपत्ति जनाएको हो । जिल्लामा संञ्चालित विभिन्न मिडिया हाउस र पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई नभई नेपाल पत्रकार महासंघमा आफ्नो दवदवाह राखिराख्न कुनै पनी मिडियामा आवद्घ नभएका तथा राजनितिज्ञहरुलाइ समेत पत्रमा महासंघको सदस्यता वितरणका लागी सिफारिस गरेको पाइएकाले ताला बन्दि गरेको पे्रस संगठन नेपाल बझाङ जिल्ला सह संयोजक राजेन्द्र सिंहले बताउनु भयो ।
बेलाबेलामा गैर पत्रकारहरुको खारेजीको माग गर्दै आएको प्रेस संगठन नेपाल बझाङ शाखाले यसपटक पनि सिफारिस गरिएका गैरपत्रकारहरुको सदस्यता सिफारिसलाई सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघको कार्यालयमा तालावन्दि गरेको २० दिन सम्म कुनै सुनुवाइ नभइ जनाएको छ । यसै विषयलाइ लिएर असोज २ गते बसेको सर्वपक्षिय बैठक पनि सोमबार बस्ने गरि स्थगित गरिएको थियो । साथै सिफारिस गरिएका गैरपत्रकारहरुको नाम खारेज गर्ने तथा विवाद समाधानका लागी ४ जनाको समिति गठन भए पनी २० दिन सम्म कुनै टुङ्गो लागेको छैन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदीस रोकायाले भने ,आफुले बसन्त प्रताप सिंह , सम्राट सिंह , जनक खड्का र जगत खड्का लगाएतको चार जनाको छानविन तथा वार्ता टोली गठन गरेको छ ।
उक्तm छानविन टोलीले जे निष्कर्ष निकाल्यो त्यहि हुने हो । चारैजना अहिले सम्म बसेका छैन्न । अब उक्तm टोली निर्णय आय पछी ताला खोल्छन होला । यता छानविन समितिमा रहनु भएका पत्रकार वसन्तप्रताप सिंहले भने , छानविन समितिमा आफु रहेको पनि जानकारि छैन । १ दिन अस्ति बसौला भनेर अनौपचारीक रुपमा भनेका हुन । हुन्छ भने मैले पनि पछी आज सम्म बसौ भनेर कसैले भनेको छैन । साथै पत्रकार महासंघले विवाद सुल्झ्याउन तथा ताला खोल्ने विषयमा छलफल गर्न खासै चासो नदिएको तथा आनाकानी गरेको समेत संगठनले आरोप लगाएको छ ।