करिब एक दशकपछि बझाङमा जहाज संञ्चालन हुने सम्भावना:शनिबार बिमानस्थलको निरीक्षण

रिदम सिंह,बझाङ: दशकपछि बझाङमा जहाज संञ्चालन हुने सम्भावना बढेको छ । शनिबार बझाङ रहेको बिमानस्थलको निरिक्षण गरेपछि बझाङमा पनि जहाज संञ्चालन हुने संकेत देखिएको हो । २०६५ साल देखी बन्द रहेको विमान स्थलमा परिक्षण उडानका क्रममा शनिबार समिट यएरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रिय संयोजक ऐन महर लगाएत जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले बिमानस्थलको निरिक्षण गरेका हुन् ।

बिमान स्थल परिक्षण कै क्रममा रहेको दिपायल बिमान स्थलमा निरिक्षण गरी साढे १२ बजे दिपायलबाट बाट बझाङ उडेको जहाज १२ बजेर ४५ मिनेटमा देवल बिमानस्थलमा अवतरण भएको हो । जहाजलाई नियमित उडान भर्नका लागी बिमास्थल योग्य छकि छैन् भनेर निरिक्षण गर्नका लागी मन्त्री भट्टराईसहित अन्य नेता र बिमानका क्षेत्रिय डाइरेक्टर लगाएको टोली बझाङ पुगेको हो ।
बिमानस्थल कालोपत्रेको समयभन्दा अघी स्थलगत परिक्षण गरिएको बिमानस्थलमा दोस्रो पटक सफल अवतरण गरिएको हो । यस अघिपनि नेपालि सेनाको हेलिकप्टर मार्फत हवाई निरिक्षण गरिएको थियो । कालोपत्रेको काम सम्पन्न भएपछि आज संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई लगाएतको टोलीले निरीक्षण गरेको हो । निरिक्षणका क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टराईले बझाङको बिमानस्थलमा दुवै तिरबाट अवतरण गर्न सकिने भएकाले सुदुरपश्चिमका अन्य पहाडी जिल्लाभन्दा सहज रहेको बताउनु भयो । मन्त्री भट्टराईले भने ‘बझाङमा जहाजले उडान भर्ने भएपछि यहाँका अथाह प्रर्यटकिय सम्भावना बोकेका खप्तड, साइपाल लगाएतका क्षेत्रमा पर्यटकहरुलाई भित्राउन सकिन्छ ।साथै यहाँका जनताको आयस्रोतमा पनि बृद्धी हुनेछ ।’
यस्तै बझाङ बिमान स्थलको निरीक्षणको क्रममा बझाङ पुगेका समिट यएरका क्षेत्रिय डाइरेक्टर सरोज प्रसाद उप्रेतीले बझाङ बिमान स्थलमाको सफल परिक्षण भएको भन्दै आगामी दिनहरुका जहाज उडाउनका लागी सरोकारवालाहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । बझाङमा नियमित जहाज उडाउने कुरामा आफुहरुले कसरी अघाडी बड्न सकिन्छ भनेर सललाह गर्ने उप्रेतिले बताए ।
धनगढी बिमान स्थलका प्रमुख तेज बहादुर गुडथापाले भौगोलिक बिकटता र जनसंख्याको चाप कम भएका कारण जहाज नियमित उडान हुने कि नहुने भनेर अहिले भन्न नसकिने बताएका छन् । उनले भने ‘बझाङमा जनसंख्याको चाप कम भएको र जहाज नियमित उडान गर्न निजी जहाज कम्पनिले मान्ने नमान्ने कुरामा निर्भर गर्छ । बझाङबाट आगामी दिनहरुमा प्रदेश राजधानीको बिमान स्थलमा नै जहाज उड्ने र त्यहाँ सम्मका लागी यात्रुहरुले तीन हजार पाँच सयदेखी चार हजारसम्म तिर्नु पर्ने देखिन्छ ।’
विमान सेवा सुचारु हुनु पर्ने माग गर्दै पटक पटक केन्द्रसम्म धाएका यहा“का स्थानियहरु परिक्षण उडान सुरु भएपछि खुशी भएका छन । हप्तामा कम्तीमा दुइ उडान हुन सके यहा“का बासिन्दालाई राहत हुने र जिल्लाको पर्यटन प्रर्वद्धन हुने उनिहरुको भनाई छ ।
२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ साल सम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम सम्म बस चल्न थाले पछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।
बढी जसो बझाङ नेपालगंज उडान संचालन गर्ने विमान कम्पनीहरुले नेपालगंज बाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताए थिए । यद्यपी धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुइ तीन वटा सम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन । तर धनगढी विमान स्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनिहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन ।
विमान संचालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । हाल बेवारिसे जस्तै बनेको विमानस्थल स्थानियको खेल मैदान र गौचरनमा परिणत भएको छ । भने विमानस्थल स्थित टावर रहेको भवन स्थानिय केटाकेटीको सौच गर्ने ठा“उमा परिणत भएको छ । केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झयालढोकामा रहेका शिशाहरु पनि फुटाइएका छन।

हिउ“दे बर्षा भएको वेला र बर्खाकोे समयमा विभिन्न ठा“उमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने र गरेका कारण आपतकालिन विरामीहरुले बर्षेनी ज्यान गुमाउने गरेका छन भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन । गत वर्ष असार देखी भदौ सम्म तिन महिनको अवधीमा बझाङ लाई अन्य जिल्ला संग जोड्ने जयपृथ्वी राजमार्ग पटक पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारको लागी धनगढी लैजादै गरेका ५ जना विरामीहरुले बाटैमा ज्यान गुमाउनु परेको थियो ।
फोटो क्याप्सन ः बझाङ विमानस्थलमा कालोपत्रे पश्चात मन्त्री भट्टराईसहित को टोलीले निरिक्षण गर्दै । तस्विर रिदम सिंह ÷पालिका खवर