देवल बिमानस्थलमा शनिबार परिक्षण उडान हुने,

बझाङः देवल विमानस्थलमा १७ असोजमा परीक्षण उडान हुने भएको छ । बझाङसहित सुदूरपश्चिमका तीन विमानस्थलमा १७ गते एकै दिन परीक्षण उडान हुन लागेको हो ।
कालोपत्रे भएर हस्तान्तरण भएपछि पहिलो पटक परीक्षण उडान हुन लागेको हुन् । परिक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराई, बझाङका प्रतिनिधिसभा सदस्यहरू भैरबहादुर सिंह, आशा बिक, संविधानसभा सदस्य अफिलाल ओखेडा लगायत बझाङ आउने जनाइएको छ । बझाङसहित बैतडी, डोटीमा पनि सोही दिन परीक्षण उडान हुने प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले जानकारी दिनुभयो ।