बझाङमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघले पूर्णता पायोः अध्यक्षमा सिंह

रिदम सिंह, बझाङः नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघ जिल्ला कमिटि गठन गरिएको छ । सोमबार चैनपुरमा बसेको बैठकले नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघ जिल्ला कमिटि गठन गरेको हो । आगामी दिनहरुमा खेलकुद क्षेत्रको प्रर्वद्धन गर्नका लागी जिल्ला कमिटि गरिएको हो ।
आज गठन भएको समितिमा लोकेश सिंह ठकुरीको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरिएको जिल्ला कमिटि सचिव उत्तमजंग सिंहले जानकारी दिनुभएको छ । समितिको उपाध्यक्षमा संसार खड्का रहेका छन् भने सचिवमा उत्तमजंग सिंह र कोषाध्यक्षमा बासमति कुमारी जप्रेल रहनु भएको छ ।