कोरोना संक्रमितहरुको संख्या दिनानु दिन बढ्दै

बझाङ: मंगलवार कैलालीका २० सहित सुदूरपश्चिमका थप २८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६१ जनाको कोरोना परीक्षण भएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका अनुसार धनगढी उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ८ जना, वडा नम्वर ५ का दुई जना, वडा नम्वर २, ८ र वडा नखुलेका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो। कैलालीकै लम्कीचुहा नगरपालिकाका तीन जना, गोदावरी नगरपालिकाका दुई जना, जानकी र मोहन्याल गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कञ्चनपुरको पुनरवास नगरपालिकाका दुई जना, बेलौरी, कृष्ण, शुक्लाफाँटा नगरपालि र डोटीको केआईसिंह गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ। ठेगाना नखुलेका दुई जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।