जयपृथ्बी नगरपालीका वडा नँ २ को वडा कार्यालय तोडफोड

दोरेन्द्र खड्का −बझाङको जयपृथ्बी नगरपालीका वडा नँ २ को वडा कार्यालय तोडफड गरीएको छ । शुक्रवार राती राती अज्ञात समुहले वडा कार्यलयमा तोडफोड गरीएको जयपृथ्वी नगरपालीका वडा नँ २ का वडा अध्यक्ष सुक्रराज जोशीले बताए ।

वडा अध्यक्ष जोशीका अनुसार वडा कार्यालयमा रहेका सोलारका ४ पाताहरुलाई वडा कार्यालय भन्दा १० मिटर भन्दा तल फालेको र झ्ल फोडेकोे बताए । तर वडा कार्यालयमा तोडफोड कस्ले र किन र केका लागी भन्ने नखुलेको बताए । स्थानिय वासिन्दाका अनुसार यस भन्दा पहिले पनी वडा कार्यालयमा तोडफोड गरेको बताए ।