सम्झनाको न्यायको माग गर्दै बझाङमा प्रदर्शन

रिदम सिंह, असोज १० बझाङः मष्टा गाउँपालिका वडा नम्बर २ खिकाला घर भएकि १२ बर्षिया सम्झना कामीको असोज ७ गते हत्या गरेको भन्दै दोषिलाई कार्वाहीको माग गर्दै सदरमुकाम चैनपुरमा शनिबार दबाबमुलक कार्यक्रम तथा कोण सभा गरिएको छ । दिउसो पख निकालिएको दवाब मुलक कार्यक्रममा विध्यार्थिका संघ संगठन, मानवअधिकार रक्षक संजाल, महिला अधिकारकर्मी, दलित अधिकाकर्मीको संयुक्तm आयोजनामा हत्यारालाइ फाँसिको सजाय दिनु पर्छ भन्दै दिनभर र्याली निकालिएको हो ।

उक्तm कोण सभामा बोल्दै मानव अधिकार रक्षक संजालका सल्लाहाकार तथा दलित अधिकारकर्मी श्याम सुनारले हत्यामा संग्लग्नलाई काबार्हिको दायरामा ल्याउनु पर्ने र सम्झनालाइ न्याय दिनका लागी आफुहरु लागी पर्ने बताउनु भयो । यस्तै महिला अधिकारकर्मी सविता खड्काले १२ बर्षिया सम्झनाको हत्या एकदमै निन्दनिय भएको र महिला अधिकारकर्मीको तर्फबाट दबाब मुलक कार्यक्रम गर्नका लागी आफुहरु तयार रहेको बताउनु भयो । दबाब मुलक कार्यक्रममा सहभागी भएका सम्झनाका अंकल मष्टा गाउँपालिका २ घर भएका बालन विसिले भने, सम्झनाको हत्याका घटनाले आफु बोल्न सक्ने अवस्थामा नरहेको र दोषिलाइ काबार्हिका लागी सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।