जिल्लाको समग्र विकासबारे जिल्ला सभामा छलफल

बझाङः जिल्लाको समग्र विकासको अवस्था बारे जिल्ला सभामा समिक्षा भएको छ । शुक्रबार भएको बझाङको जिल्ला सभामा सहभागी स्थानियतहका प्रमुख लगाएत जिल्ला स्थित विकासिय कार्यालयका प्रमुखहरु विच भएको छलफल बाट जिल्लाको बर्तमान अवस्था भावि दिनमा अझै राम्रो काम कसरि गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
२ दिन सम्म संचालन भएको जिल्ला समन्वय समितिको चौथौ जिल्ला सभा तथा आर्थिक बर्ष २०७६ ÷०७७ को बार्षिक समिक्षा गोष्ठीमा जिल्लाका १२ ओटै स्थानियतहले गत आर्थिक बर्षभएको खर्च र उपलब्धी सहित समस्या चुनौतीहरु प्रस्तुत गरेका थिए । साथै जिल्लाका विकासिय कार्यालयहरुले पनि गत बर्षको बजेट खर्च साथै उपलब्धीको बारेमा जानकारी गराएका थिए । सभामा बझाङ जिल्लाको हाल सम्म भएको विकासको अवस्था सम्भावना चुनौतिका बारेमा पनि सहभागीहरुमा साँझा छलफल भएको थियो । बझाङ जिल्ला धेरै सम्भावना भएको जिल्ला हो जिल्ला समन्वय समिति प्रमुख खडक खड्काले भने , अव सानातिना योजना भन्दा ठुला योजना र उपलब्धी हुने योजनामा बजेट लगानी गर्नु पर्नेमा जोड दिएका थिए । साथै समुदायको विकासका लागी स्थानियतहका साथै अन्य विकासिय कार्यलय र संघ संस्थाहरुको पनि एकता सहकार्य हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

जिल्ला सभामा स्थनयितहहरुबाट भएका केहि कमिकम्जोरीहरुलाइ आत्मसाथ गर्दै आउदा बर्षमा सबै स्थानियतहले पुर्वाधार सहित जनताको ,आर्थिक ,समाजिक र शैक्षीक स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिनु पर्नेमा छलफल भएको थियो । साथै गत बर्ष जिल्ला सभाले गरेका निर्णयहरुको समिक्षा र उपलब्धीहरुको समिक्षा गरिएका थिय । साथै यस बर्षको जिल्ला सभा बाट पनि जिल्लाको विकासको लागी थप महत्वपुर्ण निर्णय भएका र यी निर्णयहरु स्थानियतह , प्रदेश सरकार र संघ सरकारलाइ पनि जानकारी गराउने जिल्ला समन्वय समितिका सदस्य गजेन्द्र सार्कीले बताउनु भयो । जिल्लाको विकासमा स्थानियतह प्रदेश साँसद र संघ साँसदहरु विच पनि समन्वय सहकार्य गर्ने सहमती भएको छ । बर्षको एक पटक हुने जिल्ला सभालाइ जिल्लाको समग्र विकासको समिक्षा गर्ने र भाविदिनमा अझ राम्रो काम गर्न साझाधारण बनाउने अवसरको रुपमा सभालाइ लिने गरिन्छ ।