स्थानियतह कर्मचारीको हकहित संघर्ष समिति गठन

सत्यराज सिंह, बझाङः जिल्लामा कार्यरत स्थानियतहका कर्मचारीहरुले आफ्नो पेसागत हकहित र सेवा सुविधाका लागी दबाब दिन जिल्ला स्तरिय तदर्थ समिति गठन गरेका छन् । शनिबार चैनपुरमा भेला भै कर्मचारीहरुले बुङ्गल नगरपमलिकाका लेखा अधिकृत मुकेश कुमार थापाको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको हो ।
स्थानियतहका कर्मचारीहरुलाई सरकारले पुर्वाग्रही गरेका, स्थानिय तहका कर्मचारी र संघका कर्मचारी विच विभेद गरेको भन्दै विधमान निजामती कर्मचारी सम्बन्धी ऐन निमावलीहरु संसोधन गरेर आफुहरुलाई पनि निजामती सेवा ऐन अनुसारको सेवा सुविधा हुनु पर्नेमा माग राखेका थिए । हकहित मञ्च गठन गरेपछी आफ्नो समस्या राख्दै कर्मचारीहरुले पत्रकार सम्मेलन गरी समिति गठन गर्नुको उदेश्य र आफ्ना माग समस्याबारे जानकारी गराएका थिए ।


निजामती कर्मचारीहरुको आधिकारीक ट्ेड युनियनमा पनि संघका कर्मचारीहरुले आफुहरुलाइ समाबेस नगरेको दुखेसो पोख्दै उनिहरुले संघका कर्मचारीहरुले स्थानियतहका कर्मचारीहरुलाइ हेपाह दृष्टिकोणले हेरेको समेत दुखेसो राखेका थिए । निजामती सेवामा प्र्रवेश गर्दा स्थानिय तहका कर्मचारी निजामती सेवा ऐन अनुसार भर्ना भएको र आफुलाई कसैले टिका लगाएर जागिर नदिएको बैठकमा सहभागी भन्दै झलक दौल्यालले भने स्थानियतहमा काम गर्ने कर्मचारीलाइ धेरै जिम्मेवारी र चुनौति छ, तर राज्यले हामीलाइ सम्मान र आत्म बल बढाउने काम सरकारले गरेको छैन् ।


संघका कर्मचारी र स्थानियतहका कर्मचारीको विभेद राज्य बाट नै भएको बताउदै उनिहरुले आफुमाथी विभेद हुने कानुन रहिरहे आफुहरुले देश भरिबाट आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । संघका कर्मचारीले स्थानिय तहका कर्मचारी माथि नै विभेद गरेको हुदाँ आफुहरुलाइ दुख लागेको बताउदै हकहित मञ्चका अध्यक्ष मुकेश थापाले पेसा र दक्षताको अपमान भएको वताउनु भयो । त्यसका लागी नागरिक समाज पत्रकारहरुले पनि आफ्नो मागमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । स्थानियतहमा काम गर्दा जनप्रर्तिनिधीहरुबाट विभिन्न दबाब अवरोध सिंजना हुने गरेको समेत उनिहरुको भनाई थियो ।