नमुना टेष्ट पास भएसँगै बझाङ जिल्ला अस्पतालमा जडान गरिएको आरटी पिसिआर संञ्चालनमा

रिदम सिंह, असोज ८ बझाङः जिल्ला अस्पताल बझाङमा पनि कोरोना परिक्षणका लागी जडान गएिको आरटी पिसिआर मेसिन संञ्चालनमा आएको हो । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा जडान गरिएको पिसिआर मेसिनमा गरिएको नमुना परिक्षण लाई भेरिफिकेशनका लागी डडेल्धुरा अस्पतालकमा पठाउदाँ समान नतिजा आएपछि जिल्ला अस्पताल बझाङमा जडान गरिएको पिसिआर मेसिन संञ्चालनमा आएकोे जिल्ला अस्पताल बझाङले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


विज्ञप्तीका अनुसार जिल्ला अस्पताल बझाङको प्रयोगशालामा जडान गरिएको पिसिआर मेसिनमा १० वडा नमुना परिक्षण गर्दा ५ वटा पोजेटिभ र ५ वटा नेगेटिभ नतिजा आएको थियो । सोही नतिजालाई भेरीफिकेशन गर्न डडेल्धुरा अीस्पताल पठाउँदा समान नतिजा आएको हो । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा परिक्षण गरिरएका ५ पोजेटिभ र ५ नेगेटिभ नतिजालाई जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पुनः परिक्षण गर्दा समान नतिजा आएकाले उक्त पिसिआर मेसिन संञ्चालनमा आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले हस्ताक्षेर गर्नु भएको नतिजामा उल्लेख गरिएको छ ।
अस्पतालले गरेको नुमुना पेष्ट पास भएसँगै अव बझाङमा कोरोना परिक्षणका रिर्पाेटहरु छिटो आउने र धेरै दिन रिर्पाेटका लागी कुर्न नपर्ने भएको छ । विगतका दिनहरुमा कोरोना परिक्षणका लागी स्वाव संकलन गरी डडेल्धुरा अस्पताल, सेति प्रादेशिक अस्पताल तथा काठमाडौसम्म पठाउने गरिएको थियो । स्वाव परिक्षणका लागी जिल्ला बाहिर पठाँउदा धेरै समय लाग्ने र रिर्पाेटका लागी हप्तादिन भन्दा बढी लाग्ने गरेको भएपनि अव जिल्लामा नै पिसिआर मेसिन संञ्चालनमा आएसँगै छिटोछरितो नतिजा आउने जिल्ला अस्पताल बझाङले जनाएको छ । अस्पताल प्रमुख डा. सन्दिप ओखेडाले अव संकलन गरिएका नमुनाहरुको नतिजा बढीमा दुईदिनमा दिने बताउनु भयो ।