४१ औ सामाजिक सेवा दिवसको अवसरमा खाध्यान्न सहयोग

रमेश के सी – बझाङ – सामाजिक सेवा राष्टको गौरव , आजको प्राथमिकता ” समृद्धि र सुखका लागी समाजिक रुपान्तरण र उधमशिलता ”भन्ने मुला नाराका साथ ४१औ सामाजिक सेवा दिवसको अवसरमा प्रगतिशिल युवा समाजले विपन्न परिवारलाइ खाध्यान्न सहयोग गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालीका ( ११ का ५ घरपरिवारलाइ प्रगतिशील युवासमाजले ३ किलो दाल ,३० केजी चामल , २ किलो नुन, २ लिटर तेल , २ केजी चिनी र चार पिस हातधुने साबुन पनि वितरण गरिएको हो । उक्तm कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले भने , सामाजिक कार्यमा प्रतिशिल युवासमाजले आज गरेको कार्य मात्रै होइन सदैव सबैलाइ राहातका कार्यक्रम तथा सबैलाइ टेवा पुग्ने कार्य गरेको आफुले महसुस गरेको र सामाजिक सेवा महत्वपुर्ण भएकाले दिवसको अवसर पारी वितरण गरिएको खाध्यान्न सामाग्रीले जोखीममा रहेका घर परिवारलाइ केहि दिन भए पनी राहात हुने समेत संयोजक खड्काले बताउनु भयो ।

खाध्य सामाग्री बुझ्दै जयपृथ्वी नगरपालिका वडा नं. ११ कि मेनुका रजकले भन्नु भयो, आफ्नो आयआर्जन , खेतिपाति छैन राहात पाउदा खुसी भएको र केहिदिनका लागी भए पनी छाक टार्न सहयोग मिलेको बताउनु भयो । त्यसै विभिन्न चरणमा प्रगतिशील युवासमाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा केदारस्युँ गाउँपालिकाका वडा नं. ३ , ६, ७ र ८ का ६ सय ६८ घरपरिवार र जयपृथ्वी नगरपालिका वडा नं. १ , ६, ८, १० र ११ का ८ सय ५४ अति जोखिम बालबालिका र परिवारहरुलाइ कोरोनाका कारण बन्दाबन्दीमा समस्या परेकाहरुलाइ स्थानीय समुदायमा सहयोग पुग्ने उदेश्यले खाध्यान्न सामाग्रीसहयोग गरेको प्रगतिशील युवा समाजका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताउनु भयो ।

साथै जयपृथ्वी नगरपालीका र केदारस्यँु गाउँपालीकामा क्वारेन्टाइन व्यवस्थापनका लागी खाध्यान्न सामाग्री र जिल्ला विपद व्यवस्थापन समिति जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिका लाइ ५५ सेट पिइपि सेट र स्वास्थ्य सामाग्री समेत सहयोग गरेको प्रगतिशील युवासमाजका टिमलिडर लवराज जोशीले बताउनु भयो ।

साथै वेला वेलामा विधुत आपुर्तिमा समस्या हुदाँ कामकाज प्रभावित हुने भएकाले स्थानीयतहको मागको आधारमा जयपृथ्वी नगरपालीका र केदारस्युँ गाउँपालिकामा २ लाख ७० हजार बराबरको सोलार सेट समेत सहयोग गरेको टिमलिडर जोशीले बताउनु भयो । विगत १ दशक देखी बझाङ जिल्लामा गैर सरकारी संस्थाका रुपमा रहेको प्रगतिशील युवासमाजले विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्दै आएको छ ।