सबिंधान दिवसको अबसरमा अनेरास्ववियु बैतडीद्धारा दीप प्रज्वलन

 आशिष माल, बैतडी: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु ) बैतडीले संबिधान दिवसको अबसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । दिवसको अबसरमा जिल्ला सदरमुकाम गढीमा रहेको सहिद दशरथचन्दको सालिकमा माल्र्यापण गर्दै दीप प्रज्वलन गरेको अनेरास्बियु केन्द्रिय किमिटि सदश्य डिबि बोहराले बताए । प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्टको प्रमुख आतिथ्यता तथा नेकपा बैतडी जिल्ला कमिटि सचिवालय सदश्य सरस्वती नेपालीको बिशिष्ट आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटि सदश्य जयन्त कुवर, बैतडी जिल्ला कमिटि संयोजक गोबिन्द सिह माल, सहसंयोजक सन्तोष राना लगायत अन्य बिद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।