एनसेल आजियाटाले ल्यायो आकर्षक ‘नन्स्टप’ अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकहरुका लागि आकर्षक योजना ल्याएको छ । कम्पनीले आफ्नो हाल सञ्चालनमा रहेको नन्स्टप युट्यूव प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले युट्यूव, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । ‘प्लस’ थिम अन्तर्गत ल्याइएका उक्त ननस्टप अफरहरु बिहीबार ९भदौ १८० देखि सञ्चालनमा आएका छन् ।

 

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको बताइएको छ । यस आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सूचारु गरेपछि त्यस प्याकको समयसीमा बाँकी भएसम्म नन्स्टप मजा लिन जनाइएको छ।

उदाहरणका लागि कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक रु १०० ९करसहित रु १२७।६९० मा सूचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको नन्स्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने भएका छन् ।

युट्यूवमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्यूव प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार मात्र रु २५ ९करसहित ३१।९२० मा १ दिनको समयसीमा रहेको यो प्याक सूचारु गर्न सक्ने बताइएको छ ।

त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनको समयसीमा रहेको युट्यूव वा फेसबुकको कम्बो प्याक मात्र रु १५० ९करसहित रु १९१।५४० मा सूचारु गर्न सक्नेछन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको नन्स्टप युट्युब प्याक रु ३६० ९करसहित ४५९।६८० मा खरिद गर्न सक्नेछन् ।